वडोदरा, 26 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार दुई दिवसायी यात्रामा गुजरात पुगे। प्रधानमन्त्रीको बिहान वडोदरा एयरपोर्टमा पुग्दा भव्य स्वागत गरियो। उनले एयरपोर्टदेखि एयरफोर्स गेटसम्म एक किलोमीटरको भव्य रोड शो गरे। यस रोड शोलाई सिन्दूर सम्मान यात्रा नाम दिइएको छ। प्रधानमन्त्री 'अपरेशन सिन्दूर' पश्च्यात् पहिलो पल्ट आफ्नो गृह राज्य पुगेका हुन्।
प्रधानमन्त्री मोदी सोमवार बिहान वडोदरा हवाईअड्डा पुगे। यसपछि उनले एयरफोर्स गेटसम्म एक किलोमीटरको रोड शो गरे। उनको स्वागतमा मानिसहरूको भारी भीड़ जुटेको थियो। हातमा तिरंगा लिएर मानिसिहरू सड़कका दुवै छेउ खड़ा थिए। प्रधानमन्त्रीले पनि हात हल्लाएर मानिसहरूको अभिवादन स्वीकार गरे।
उनको स्वागतको निम्ति कर्नल सोफिया कुरैशीको परिवार पनि पुगेको थियो। सिन्दूर सम्मान यात्रामा भाग लिन मुख्यमन्त्री भूपेन्द्र पटेल पनि वडोदरा पुगे। वडोदरामा आय़ोजित रोड शो- मा कर्नल सोफियाका पिता ताज महम्मद कुरैशी, भाई मोहम्मद संजय कुरैशी, बहिनी शायना कुरैशी पनि उपस्थित थिए। अखिल हिन्द महिला परिषदका महिलाहरू पनि रोड शो- मा सामेल भए। एय़रपोर्ट सर्कल नजिक सिन्दूरको बट्टा र ऐना राखियो। यहाँ वडोदराको नारी शक्तिले आफ्नो सिउदोमा सिन्दूर लगाइ सेल्फी लिएर गर्व महसूस गरिरहेका थिए। ब्यानर र अपरेशन सिन्दूर लेखिएको टोपी आकर्षणको केन्द्र बन्यो। वडोदराको खेल प्रतिभाहरू हातमा तिरंगा लिएऱ प्रधानमन्त्रीको आगमनदेखि लिएर रोड शो-सम्म उपस्थित रहे। वडोदराको न्यू वीआईपी रोडमा स्वागतको निम्ति वडोदरा कोर्पोरेशनका विभिन्न वार्ड र वडोदरा जिल्लाका गाउँहरूबाट बसहरूमा महिलाहरूलाई ल्याइयो। केसरी साड़ी लगाएका महिलाहरू तिरंगाको साथ यहाँ पुगे। महिलाहरूले भारत माताको जयको नारा लगाए।
वडोदरामा प्रधानमन्त्रीको स्वागत गर्न आएको नारी शक्तिमा उमंग र उत्साह थियो। यस अवधि प्रधानमन्त्रीको स्वागतमा पारम्परिक वस्त्रहरूका साथै शास्त्रीय नृत्य पनि देख्न पाइयो। एयरपोर्ट रोडमा शोभा परफर्मेन्स आर्ट्स ग्रुपका पाँच युवा कलाकारहरूद्वारा एक स्टेजमा सुन्दर शास्त्रीय नृत्य प्रस्तुत गरियो। प्रधानमन्त्रीको स्वागत-सम्मान गर्न वडोदराका कलाकार स्वतन्त्रता वीरहरूको भावनाको साथ प्रस्तुति गरेको देखिए। यसमा अहिल्याबाई होल्कर ग्रुपका महिलाहरू पनि एयरपोर्ट रोडमा उपस्थित थिए।
अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदी पहिलो पल्ट आफ्नो गृह राज्य गुजरात पुगेका हुन्। उनले दाहोद, भुज र गान्धीनगरमा विभिन्न विकास कार्यहरूको उद्घाटन र शिलान्यास गर्नेछन्। यस अवधि आज भुजमा 53,414 करोड़ रूपियाँको लागतले 33 विकास कार्यहरूको उद्घाटन र शिलान्यास गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी