नयाँ दिल्ली, 26 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले 2014 मा आजकै दिन उनले पहिलो पल्ट प्रधानमन्त्री पदको शपथ लिएका थिए, तबदेखि देशले धेरै अकल्पनीय र अभूतपूर्व फसेला लिएको बताएका छन्।
प्रधानमन्त्री गुजरातको दाहोदमा लोकोमोटिव विनिर्माण संयंत्र सहित 24,000 करोड़ रूपियाँको लागतको विकास परियोजनाहरूको शुभारम्भ गरेपछि जनसभालाई सम्बोधित गरिरहेका थिए। प्रधानमन्त्रीले अहमदाबाद-वेरावल बन्दे भारत ट्रेन र वलसाड-दाहोद एक्सप्रेस ट्रेनलाई हरियो झण्डा देखाए।
प्रधानमन्त्रीले यस अवसरमा भने, आज 26 मई हो। 2014 मा यही मितिमा मैले पहिलो पल्ट प्रधानमन्त्रीको रूपमा शपथ लिएको थिए। सर्वप्रथम गुजरातावीसहरूले मलाई आशीर्वाद दिए र फेरि करोडौं भारतीयहरूले मलाई आशीर्वाद दिए। तपाईको आशीर्वादको शक्तिले म दिनरात देशवासीहरूको सेवामा जुटिरहे। यतिका वर्षमा देशले त्यो फसेला लियो जुन अकल्पनीय र अभूतपूर्व छन्। यी वर्षहरूमा देशले दशकौं पुरानो सांग्लोलाई तोड़ेको छ। देश हरेक सेक्टरमा अगाड़ी बढ़ेको छ।
उनले भने, आज देशले निराशाको अन्धकारदेखि निस्केर विश्वासको उज्यालोमा तिरंगा फहराइरहेको छ। आज हामी 140 करोड़ भारतीय मिलेर आफ्नो देशलाई विकसित भारत बनाउनका लागि तन-मनले जुटेका छौं। देशको विकासको निम्ति जेपनि चाहिन्छ, त्यो भारतमै बनाऔं, यो आजको समयको माग हो। भारत आज तीव्र गतिमा मेन्युफेक्चरिङको संसारमा अगाड़ी बढ़िरहेको छ। देशको आवश्यकताको सर-समानको निर्माण होस् या फेर विश्वका अलग-अलग देशहरूमा हाम्रो देशमा बनेका चीजहरूको निर्यात लगातार बढ़िरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी