अमृतसरमा जोडदार धमाका, एक व्यक्ति घाइते
अमृतसरमा जोडदार धमाका, एक व्यक्ति घाइते


चण्डीगढ़, 27 मई (हि.स.)। पञ्जाबको अमृतसरमा मंगलवार बिहान एक जोडदार धमाका भएको छ। यस धमाकामा एक व्यक्ति गम्भीर रूपमा घाइते भएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ। धमाकामा घाइते व्यक्तिको पहिचान हुनसकेको छैन।

मंगलवार बिहान लगभग 10 बजी अमृतसरको मजीठा रोड स्थित डिसेन्ट एवेन्यू कोलोनी बाहिर धमाका भयो। यसमा एक व्यक्ति गम्भीर रूपमा घाइते भयो। धमाकाको खबर पाउनसाथ क्षेत्रमा खैलाबालै मच्चियो र पुलिस टीम तुरन्तै घटनास्थलमा पुग्यो।

प्रत्यक्षदर्शीहरू अनुसार, धमाका अचानक भयो र आवाज निक्कै तीखो थियो। जब मानिसहरू त्यहाँ पुगे तब एक व्यक्ति गम्भीर अवस्थामा लड़ेको थियो। घटनामा घाइते व्यक्तिलाई तुरन्तै छेवैको अस्पतालमा भर्ती गराइयो, जहाँ उसको स्थिति गम्भीर बताइएको छ।

थाना सदरको पुलिस टीम र बम निरोधक दस्ता घटनास्थलमा पुग्यो। प्रारम्भिक जाँचपछि पुलिस अधिकारीहरूले भने, उनीहरूले सूचना पाएका थिए कि एक धमाका भएको छ र घटनास्थलमा एक व्यक्ति घाइते अवस्थामा पाइयो। धमाका कुन चीजबाट भयो, यस विषयमा अहिले स्थिति स्पष्ट हुनसकेको छैन। फोरेन्सिक टीमलाई पनि घटनास्थलमा बोलाइएको छ। पुलिसद्वारा कोलोनीमा बस्ने मानिसहरूसित सोधपुछ गरिँदैछ र वरपर लागेका सीसीटीभी क्यामरा फुटेजको पनि जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande