बिहारको जयनगरस्थित नेपाल सीमामा देखियो ड्रोन, सुरक्षा बल चौकस
ड्रोन


पटना, 27 मई (हि.स.)। बिहारमा मधूबनी जिल्लाको जयनगर स्थित भारत-नेपाल सीमाको कमला बीओपी क्षेत्रमा सोमवार अबेर राति लगभग 15 देखि 20 को संख्यामा ड्रोन देखिएको छ। ड्रोन देखिएपछि भारत-नेपाल सीमामा चौकसी बढ़ाइएको छ।

नेपाल सीमाको कमला निगरानी र सुरक्षा बिन्दू (बीओपी) क्षेत्रमा सोमवार राति लगभग 15 देखि 20 को संख्यामा ड्रोन देखिएको छ। ड्रोन उत्तरदेखि पूर्वतिर भारतीय क्षेत्रबाट आएर तुरन्तै पश्चिमदेखि उत्तर नेपालतिर पुनः फर्क्यो। ड्रोन देखिएको सूचना पाइएपछि मानिसहरू डराएका छन्।

जयनगर एसएसबी बटालियन 48औं का उप कमान्डैन्ट विवेक ओझाले जानकारी दिएका छन्, जानकी नगर बीओपी नजिक जवानहरूले ड्रोनलाई हिजो राति फर्केको समय देखेका छन्। जसपछि एसएसबी जवानहरूलाई अलर्ट गरिएको छ। यसको सूचना दिल्ली र दरभंगा एयरपोर्टलाई दिइएको छ।

डिप्टी कमान्डेन्ट ओझाले यो पनि भनेका छन्, उड़ान उपकरणहरूबारे नेपाल सुरक्षाबलहरूसित सोधपुछ गरिएको थियो तर नेपाली अधिकारीहरूले यस्तो कुनैपनि प्रयोगलाई खारेज गरेका छन्। ड्रोनको वास्तविक स्थिति र उद्देश्यको जाँच अहिलेपनि जारी छ।

उल्लेख्य, आगामी 29 देखि 30 मईमा प्रधानमन्त्री नरेन्द्र मोदी बिहार दौड़ाहमा रहनेछन्। यस्तो स्थितिमा उनको दौड़ाह ठीक अगाड़ी भारत-नेपाल सीमामा भारी संख्यामा ड्रोनको आवाजाही देखिनु एक गम्भीर विषय हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande