मुम्बई, 27 मई (हि.स.)। महाराष्ट्रको बीड जिल्लाको गेवराईमा धुले-सोलापुर हाइवेमा सम्भाजी महाराज चौक नजिक हिजो राति तीव्र रफ्तार कन्टेनरले छह जनालाई कुल्च्यो। यस घटनापछि कन्टेनर चालक घटनास्थलबाट भाग्यो। बीड़ पुलिसले सबै छह शवलाई पोस्टमार्टमको निम्ति अस्पताल पठाएको छ।
पुलिस अनुसार, सोमवार अबेर राति गेवराई निवासीको कार महाराज चौक नजिक गढ़ी ब्रिजमा खराब भएको थियो। कारमा सवार छह जना कारलाई जसो-तसो घर लैजान महाराज चौक गएका थिए। यिनीहरूले कारलाई धकेलेर घरतिर लैजाने प्रय़ास गरिरहेका थिए। सही समय अगाड़ीबाट तीव्र रफ्तारमा आइऱहेको कन्टेनरले यिनीहरूलाई कुल्च्यो।
यस घटनामा गेवराई निवासी बालू अतकरे, मनोज करान्डे, कृष्ण जाधव, दीपक सरोया, भागवत परलकर र सचिन नानवारेको घटनास्थलमै मृत्यु भयो। यसबाट गेवराईमा शोकको लहर फैलेको छ। पुलिसको भनाई छ, आरोपी चालकको खोज जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी