मानकाचर भारत-बांग्लादेश सीमामा तनाव, बीएसएफले गऱ्यो हवाई फायरिङ
असम


मानकाचर, 27 मई (हि.स.)। भारत-बांग्लादेश अन्तरराष्ट्रिय सीमामा मंगलवार बिहान त्यस समय तनावको स्थिति उत्पन्न भयो, जब असमको ठाकुरनबाड़ी क्षेत्रमा बीएसएफले 14 बांग्लादेशी नागरिक फर्केको समय हवाई फाइरिङ गऱ्यो।

जानकारी अनुसार, बीएसएफ जब अवैध रूपमा भारत पसिसकेका 14 बांग्लादेशीलाई पुनः बांग्लादेश फर्काउने प्रक्रियामा जुटेको थियो, तब बांग्लादेश बर्डर गार्ड (बीजीबी) ले हस्तक्षेप गऱ्यो। यो टकराव अन्तरराष्ट्रिय सीमाको जीरो लाइन नजिक भयो, जहाँ बीजीबीका जवानहरूले बीएसएफसित तीखो बहस गरे र सीमाको संवेदनशील हिस्सातिर बढ़े।

स्थिति त्यस समय अझ् गम्भीर भयो जब भारी संख्यामा बांग्लादेशी नागरिकहरू पनि जीरो लाइनमा जमा भए। माहोललाई नियन्त्रणमा लिनु र भिड़न्तलाई टार्नको निम्ति बीएसएफलाई चार राउण्ड हवाई फायरिंग गर्नुपऱ्यो।

फायरिंगपछि भीड़ तितर-बितर भयो र स्थितिलाई केही स्तरसम्म नियन्त्रण गरियो। भारतीय अधिकारीहरूले बीजीपीको हस्तक्षेपलाई प्रोटोकलको उल्लङ्घन बताएका छन् र यस मुद्दालाई औपचारिक रूपमा उठाइने सम्भावना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande