प्रधानमन्त्रीले गुजरातमा 5536 करोड़को प्रोजेक्ट्सको गरे लोकार्पण र शिलान्यास
मोदी


गान्धीनगर, 27 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी मंगलवार शहरी विकास वर्ष 2005 को 20 वर्ष पूरा भएको अवसरमा गान्धीनगर महात्मा मन्दिरमा आयोजित एक समारोहमा सामेल भए। उनले शहरी विकास, स्वास्थ्य र जल आपूर्तिसित सम्बन्धित धेरै परियोजनाहरूको उद्घाटन र शिलान्यास गरे।

प्रधानमन्त्री नरेन्द्र मोदीले शहरी विकास विभाग, सड़क एवं भवन विभाग, जल संसाधन विभाग, स्वास्थ्य विभाग तथा राजस्व विभागको निम्ति 5536 करोड़ रूपियाँको प्रोजेक्ट्सको लोकार्पण तथा शिलान्यास गरे। यसमा शहरी विकास विभाग अन्तर्गत 1447 करोड़ रूपियाँको जामनगर, सूरत, अहमदाबाद, गान्धीनगर तथा जूनागढ शहरका विभिन्न प्रोजेक्ट्सको लोकार्पण गरे।

प्रधानमन्त्रीले 1347 करोड़ रूपियाँको शहरी विकास कार्य र अहमदाबादमा 1000 करोड़ रूपियाँको लागतले बनिने साबरमती रिवरफ्रन्ट फेज-3 को शिलान्यास गरे। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री आवास योजना अन्तर्गत 1006 करोड़ रूपियाँको लागतले तयार 22 हजारभन्दा अधिक आवासीय एकाईहरूको पनि लोकार्पण गरे। साथै उनले स्वर्णिम जयन्ती मुख्यमन्त्री शहरी विकास योजना अन्तर्गत गुजरातमा शहरी स्थानीय निकायहरूलाई 3,300 करोड़ रूपियाँको धनराशि पनि जारी गरे।

यस बाहेक सड़क एवं भवन विभागको 170 करोड़ रूपियाँ, जल संसाधन विभागको 1860 करोड़ रूपियाँको प्रोजेक्ट्सको लोकार्पण एवं शिलान्यास गरे। गान्धीनगरमा यूएन मेहता इन्स्टीट्यूट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरको लोकार्पण गरियो। अहमदाबादमा 588 करोड़ रूपियाँको लागतले ओपीडीको साथ 1800 बेड भएको आईपीडीको शिलान्यास गरियो। यस अस्पतालमा संक्रामक रोगको निम्ति 500 बेडको सुविधा हुनेछ। प्रधानमन्त्रीले स्वर्णिम जयन्ती मुख्यमन्त्री शहरी विकास योजना अन्तर्गत 17 महानगर पालिकाहरूलाई 2731 करोड़ रूपियाँ तथा 149 नगर पालिकाहरूलाई 569 करोड़ रूपियाँको चेक पनि जारी गरे।

यस अवसरमा उनले सूरत महानगर पालिकाको 232 करोड़ रूपियाँको लागतले तयार चार जनकल्याणकारी परियोजनाहरू - बायोडाइवर्सिटी पार्क, स्कूल, ड्रेनेज लाइन र अस्पताल प्रबन्धन प्रणालीको कार्यक्रम स्थलबाटै भीडियो कन्फ्रेन्सिंगको माध्यमले उद्घाटन गरे। सूरतको कांकरा खाड़ी नजिक विकसित 145 करोड़ रूपियाँको ‘वाइल्ड वेली बायोडाइवर्सिटी पार्क’ ले सूरतलाई उसके पर्यावरण-प्रेमी स्वरूपमा एक विशिष्ट पहिचान दिनेछ। अब सूरत केवल उद्योग शहर नै नभएर एक इको-फ्रेन्डली शहरको रूपमा पनि अघि आइरहेको छ।

यस कार्यक्रममा प्रधानमन्त्रीले गान्धीनगरबाट शहरी विकास वर्ष 2025, गुजरातको शहरी विकास योजना र राज्य स्वच्छ वायु कार्यक्रमको शुभारम्भ गरे। वस्तुतः नरेन्द्र मोदीले आफ्नो मुख्यमन्त्रीत्व कालमा गुजरातमा शहरी विकास वर्ष 2005 को शुरूआत गरेका थिए। यसको उद्देश्य योजनाबद्ध बुनियादी ढांचा, उत्तम शासन र शहरी निवासीहरूका लागि उत्तम जीवन स्तरको माध्यमले गुजरातको शहरी परिदृश्यको कायाकल्प गर्नुथियो। आज यस पहलले 20 वर्ष पूरा गरेको अवसरमा एक समारोह आयोजित गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande