नयाँ दिल्ली, 27 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रिय मन्त्री नितिन गडकरीलाई आज उनको जन्मदिनमा बधाई दिए। प्रधानमन्त्री मोदीले एक्स ह्याण्डलमा लेखेका छन्, भारतमा महत्वपूर्ण बुनियादी ढांचाको उन्नयनमा उल्लेखनीय योगदान दिने केन्द्रिय मन्त्री श्री नितिन गडकरीलाई जन्मदिनको हार्दिक शुभकामना। ईश्वरले उनलाई दीर्घायु र स्वस्थ जीवन प्रदान गरून्।
भाजपाको वेबसाइट अनुसार, गडकरी दूरदर्शी र अभिनव दृष्टिकोणले सक्षम प्रशासक हुन्। उनी परिणामहरूलाई प्राप्त गर्नमा विश्वास राख्छन्। नागपुरमा जन्मेका गडकरीमाथि उनको आमाको गहिरो प्रभाव छ। राष्ट्रिय स्वयंसेवक संघसित जोड़िने र राष्ट्र निर्माणको आफ्नो मिशनको निम्ति उनले आफ्नो प्रारम्भिक जीवनमा पनि प्रेरणा पाए। जून 1975 मा आपातकालको समय उनको जीवनको महत्वपूर्ण मोड रह्यो। उनले वकालतको अभ्यास गर्नको सट्टा देश सेवाको निम्ति आफ्नो जीवन समर्पित गर्ने फसेला गरे।
उनले अखिल भारतीय विद्यार्थी परिषदको छात्र नेताको रूपमा राजनीतिमा प्रवेश गरे। पछि भाजपाको युवा शाखा जनता युवा मोर्चामा सामेल भए। भाजपाका पूर्व अध्य़क्ष गडकरी 1999-2005 सम्म महाराष्ट्र विधान परिषदमा विपक्षका नेता रहे। महाराष्ट्रमा लोक निर्माण मन्त्रीको रूपमा उनले मुम्बई-पुणे एक्सप्रेस-वे को निर्माण गराए।
उनको दुई उपल्बधीहरू विशेष रूपमा अगाड़ी आउँछ। उनले बुनियादी ढांचाको विकासमा सार्वजनिक-निजी भागीदारी (पीपीपी) को अवधारणाको जिम्मा उठाए। बीओटी (बिल्ड अपरेट ट्रान्सफर) मोडलमा यस अवधारणाको आधार छ। मेगा परियोजनाहरूलाई समय-सीमामा पूरा गर्नुपनि उनको प्राथमिकता हुन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी