प्रधानमन्त्री नरेन्द्र मोदीले सिन्दूरको लालिमा कायम राख्नेछन्
प्रधानमन्त्री नरेन्द्र मोदीले सिन्दूरको लालिमा कायम राख्नेछन्


नयाँ दिल्ली, 27 मई (हि.स.)। हिन्दू स्त्रीहरूको सुहागको प्रतीक सिन्दूर जब बारुद बन्छ तब दुश्मनलाई घुँड़ा टेकाउँछ। यो सारा विश्वले देखेको छ। पहलगाममा 26 महिलाको सिन्दूर मेटाउनेहरूलाई यस्तो पाठ पढ़ाइएको छ कि उनीहरूको भावी पीढ़ी पनि डरले काम्नेछ। 'अपरेशन सिन्दूर' को माध्यमले पाकिस्तानको धरती थर्काएपछि पहिलो पल्ट गुजरातको भुज पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीको जोडदार स्वागत 1971 का वीरांगनाहरूले गरे। यी त्यही वीरांगनाहरू हुन् जसले भारत-पाकिस्तानबीच भएको 1971 को युद्धमा रातारात गुजरातको भुजस्थित क्षतिग्रस्त भएको भारतीय वायुसेनाको रनवेलाई केवल 72 घण्टामा तयार पारेर भारतीय सेनाको मद्दत गरेका थिए।

भुजको माधपरा निवासी वीरांगनाहरूले न केवल प्रधानमन्त्रीको स्वागत गरे, तर उनलाई मन खोलेर आशीर्वाद पनि दिए। अपरेशन सिन्दूरको सफलताले गदगद माधपराका यी वीरांगनाहरूले प्रधानमन्त्री मोदीलाई सिन्दूरको एउटा बिरूवा पनि भेट गरे। प्रधानमन्त्रीले भेटको रूपमा सिन्दूरको बिरूवालाई स्वीकार गरी वीरांगनाहरूलाई भने, यो बिरूवा प्रधानमन्त्री आवास लिएर जानेछु। यो बिरूवा सदैव वरको रूख सरह प्रधानमन्त्री आवासमा रहनेछ। सिन्दूरको बिरूवा भेट गर्ने वीरांगनाहरूमा कानबाई हिरानी (80), शामबाई खोखनी (83), लालबाई भूरिया (82) र सामू भन्डेरी (75) सामेल थिए। उनीहरूले माधपराका तीन सय स्वयंसेवी महिलाहरूसॅंग मिलेर 1971 मा पाकिस्तानी बमबारीमा क्षतिग्रस्त भएको भुज एयरबेसको रनवेलाई 72 घण्टाभन्दा पनि कम समयमा ठीक गरेका थिए। त्यसपछि त्यही रनवेबाट भारतीय वायुसेनाका लड़ाकू विमानहरूले उड़ान भरे र पाकिस्तानको पसिना छुटाए।

हिन्दू धर्ममा हरेक विवाहित महिलाको अहम श्रृंगार हुन्छ सिन्दूर। सुहागनहरूको यो श्रृंगार एक विशेष बिरूवाको बिउँबाट बनिन्छ। सिन्दूरको यस यात्राको कथा धेरै रोचक छ। सिन्दूरको यस रूखलाई अंग्रेजीमा कुमकुम ट्री वा कमीला ट्री भनिन्छ। यो मैलोटस फिलिपेन्सिस स्पर्ज परिवारको एक प्रजाति हो। यसमा तीखो रातो रंगको फल फल्छ। यसबाटै पाउडर र लिक्विड रूपमा सिन्दूर वा लिपस्टिक बनाइन्छ। सिन्दूरको बिरूवा साधारण नभएर धेरै खास छ। यो हरेक ठाउँ पाइँदैन। केही खास क्षेत्रहरूमै यो उम्रिन्छ। महाराष्ट्र, गुजरात र हिमाचलका केही क्षेत्रहरूमा मात्र पाइन्छ। यद्यपि, दक्षिण अमेरिकामा व्यापक रूपमा पाइन्छ। अन्य वनस्पति सरह यो पनि एक यस्तो बिरूवा हो, जसको फलबाट सिन्दूर प्राप्त हुन्छ। यसलाई लिक्विड लिपस्टिक ट्री पनि भनिन्छ। सिन्दूरको बिरूवा 20-25 फीटसम्म अग्लो हुन्छ।

रूखको फलबाट निस्किने तीखो रातो रंगको बिँउलाई पिसेर प्राकृतिक सिन्दूर बनाइन्छ। न त बनाउनेलाई कुनै नोक्सान हुन्छ न त सिउँदोमा सजाउने महिलाहरूलाई। क्यामेलियाको रूखमा गुच्छाहरूमा फलहरू लाग्छ, जुन शुरूमा हरियो रंगको हुन्छ। तर पछि यो फलको रंग रातो हुन्छ। यी फलहरूकै भित्र सिन्दूर हुन्छ। त्यो सिन्दूर स-साना दानाको आकारमा हुन्छ, जसलाई पिसेर अन्य कुनै पनि चीजसँग नमिसाई सिधै प्रयोग गर्न सकिन्छ। यो शुद्ध छ र स्वास्थ्यको लागि पनि धेरै उपयोगी छ। यसको कुनै साइड इफेक्ट छैन। सिन्दूरको उपयोग न केवल सिउँदो भर्नका लागि हुन्छ तर यसको प्रय़ोग खाद्य पदार्थहरूलाई रातो रंग दिनका लागि पनि गरिन्छ।

यति मात्र होइन, यो धेरै औषधिहरूमा पनि प्रयोग गरिन्छ। यो लिपस्टिक, हेयर डाई, नेल पालिस जस्ता धेरै कुराहरूमा प्रयोग गरिन्छ। व्यावसायिक प्रयोगमा रातो मसी, रंग र साबुन बनाउने काम समावेश छ। रेड डाईको जहाँ-जहाँ प्रयोग हुनसक्छ, त्यहाँ यस बिरूवाको प्रयोग गरिन्छ। अफ्रिकन जर्नल अफ बायो मेडिकल रिसर्चमा प्रकाशित समाचार अनुसार यसमा एन्टी-ब्याक्टेरियल र एन्टी-फंगल गुणहरू छन्। यसको औषधीय गुणहरूको बारेमा प्रकाशित समीक्षा रिपोर्टमा भनिएको छ कि बिउँहरूबाट प्राप्त प्राकृतिक रंग, जसलाई जसलाई बिक्सिन भनिन्छ, त्यसको खाद्य, औषधि, सौन्दर्य प्रसाधन र कपड़ा उद्योगहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ। झाडापखाला, ज्वरो, छालाको संक्रमण आदि रोगहरूको उपचारमा यस बिरुवाका विभिन्न भागहरूको प्रयोग गरिन्छ। वास्तवमा, कृत्रिम सिन्दूर बेसार, चूना र पारालाई सही अनुपातमा मिसाएर बनाइन्छ। तर प्राकृतिक सिन्दूर प्रकृतिले नै प्रदान गर्छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande