नयाँ दिल्ली, 27 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री पण्डित जवाहर लाल नेहरूलाई आज उनको पुण्यतिथिमा याद गरे। उनले एक्स ह्याण्डलमा लेखेका छन्, हाम्रा पूर्व प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जलि। पीएम इण्डिया वेबसाइट अनुसार, 14 नोभेम्बर 1889 मा इलाहाबादमा जन्मेका पण्डित नेहरूलेल भारतको स्वतन्त्रता संग्राममा हिस्सा लिए।
उनले केम्ब्रिज विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे। 1912 मा भारत फर्केपछि उनी सीधा राजनीतिसित जोड़िए। 1916 मा उनको महात्मा गान्धीसित भेट भयो। पण्डित नेहरू सेप्टेम्बर 1923 मा अखिल भारतीय कांग्रेस कमिटीका महासचिव बने। उनले 1928 मा लखनऊमा साइमन कमीशन विरूद्ध एक जुलूसको नेतृत्व गरे। यही साल भारतीय स्वतन्त्रता लीगको स्थापना गरे। आजादीपछि उनी देशका प्रथम प्रधानमन्त्री बने।
नेहरूको निम्ति 1964 को साल राम्रो रहेन। जनवरीमा भुवनेश्वरमा उनलाई हार्ट अटेक आयो। यसपछि उनको स्वास्थ्य लगातार खराब हुँदै गयो। यसैले गर्दा उनको अधिकतर कामकाज लाल बहादुर शास्त्रीले हेर्नेगर्थे। यही साल 27 मईमा उनको निधन भयो।
हिन्दुस्थान समाचार / भवानी थामी