क्याबिनेटः चार लेनको बडवेल-नेल्लोर राजमार्गलाई दिइयो स्वीकृति
रोड


नयाँ दिल्ली, 28 मई (हि.स.)। केन्द्र सरकारले आन्ध्र प्रदेशमा बडवेलदेखि नेल्लोरसम्म चार लेन राजमार्गको विकासलाई अनुमति दिएको छ। यो राजमार्ग बडवेलको गोपावरम गाउँ (एनएच-67) देखि शुरू भएर गुरुविन्दापुडी (एनएच-16) सम्म जानेछ। यसको कूल लम्बाई 108.134 किलोमीटर हुनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रिय मन्त्रीमण्डलले उक्त प्रस्तावलाई अनुमति प्रदान गऱ्यो। केन्द्रिय सूचना एवं प्रसारण मन्त्री अश्वनी वैष्णवले मन्त्रीमण्डलको फसेलाहरूको राष्ट्रिय मीडिया केन्द्रमा आज जानकारी दिए। उनले भनेका छन्, यस परियोजनाको अनुमानित लागत 3653.10 करोड़ रूपियाँ छ। यसको उद्देश्य राज्यका तीन प्रमुख औद्योगिक कोरिडोरहरूलाई आपस्तमा जोड्नु हो। यसबाट न केवल सम्पर्क राम्रो हुनेछ तर औद्योगिक क्षेत्रहरूमा माल परिवहन पनि सुगम हुनेछ।

यो नयाँ राजमार्गले कृष्णापट्टनम पोर्टको दूरीलाई 33.9 किलोमीटर कम गर्नेछ। पहिले यो दूरी 142 किलोमीटर थियो, जुन अब घटेर 108.13 किलोमीटर रहनेछ। यसबाट परिवहनमा समय र ईन्धन दुवैको बचत हुनेछ। यस परियोजनाबाट रोजगारको अवसर पनि बढ्नेछ। निर्माण कार्यमा 20 लाख मानव-दिवसको प्रत्यक्ष रोजगार र 23 लाख मानव-दिवसको अप्रत्यक्ष रोजगार उत्पन्न हुने अनुमान छ। यसबाट स्थानीय अर्थव्यवस्थालाई बल मिल्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande