चेन्नई, 28 मई (हि.स.)। प्रसिद्ध फिल्म अभिनेता एवं राजनीतिक पार्टी मक्कल निधि मैयम (एमएनएम) का संस्थापक कमल हासन राज्यसभा सदस्य बन्नु लगभग तय भएको छ। डीएमके (द्रनिड़ मुनेत्र कड़गम) ले एमएनएमलाई राज्यसभाको एक सीट दिएको छ, जसपछि कमल हासनलाई राज्यसभाको उम्मेदवार बनाइएको छ।
2024 को लोकसभा चुनाउमा डीएमकेको साथ भएको समझौता अनुसार एमएनएमलाई एक राज्यसभा सीट आवंटित गरिएको छ। यस अन्तर्गत डीएमकेले बुधवार बयान जारी गरी कमल हासनको उम्मेदवारीको आधिकारिक घोषणा गऱ्यो। डीएमकेले आफ्नो चार उम्मेदवारहरूको घोषणा गऱ्यो, जसमा कमल हासन पनि सामेल छन्। शेष तीन उम्मेदवारहरू हुन्- पी विल्सन, प्रसिद्ध लेखिका सलमा र एस.आर. शिवलिंगम।
राज्यसभामा वर्तमानमा रिक्त 8 सीटको निम्ति आगामी महिनाको 19 मितिमा चुनाउ हुनेछ। यसमध्ये 6 तमिलनाडू र 2 असमबाट छन्। 234 सदस्यीय तमिलनाडु विधानसभामा डीएमकेका 134 विधायक छन्, जसबाट डीएमकेले छहमध्ये चार सीट पाउने र बाकी दुई सीट एआईएडीएमकेलाई जाने सम्भावना छ।
हिन्दुस्थान समाचार / भवानी थामी