मणिपुरमा तीन उग्रवादी पक्राउ, व्यापक स्तरमा हतियार जफत
मणि


इम्फाल, 28 मई (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूद्वारा चलाइएको समन्वित एन्टी-इन्सर्जेन्सी अभियानहरूमा तीन उग्रवादीहरूलाई पक्राउ गरियो र भारी मात्रामा हतियार र विस्फोटक जफत गरिएको छ।

अधिकारीहरू अनुसार, यी अभियानहरूमा सबैभन्दा ठूलो सफलता त्यस समय पाइयो जब खोंघमपत मंत्री लाइकाई (इम्फाल पश्चिम) बाट कांगलेइपाक कम्युनिस्ट पार्टी (पीडब्ल्यूजी) को क्याडर मोहम्मद अयूब खान उर्फ थोइबा (28) लाई पक्राउ गरियो। क्याडरले घाटी क्षेत्रमा पेट्रोल पम्पहरूबाट असूली गर्ने एक नेटवर्कको संचालन गरिरहेको आरोप छ।

थौबल जिल्लाको लइरोंगथेल पित्रामा छापामारीमा प्रतिबन्धित उग्रवादी संगठन प्रीपाकसित जोड़िएका दुई क्याडर- शामजेतसाबम इबोमचा मैतेई (30) र लामजिंगबा वाहेंगबम (23)- लाई पक्राउ गरियो। यस कारबाहीमा सुरक्षाबलहरूले एक एसएलआर राइफल, एक इन्सास राइफल र 17 जिउँदो कारतूस पनि जफत गऱ्यो।

गिरफ्तारीहरूका साथै सुरक्षाबलहरूले हतियारहरूको भण्डार पनि जफत गरेको छ। थौबल ड्याम नजिक मोंघलम क्षेत्रमा गरिएको खोजी अभियानमा 4.5 देखि 12 किलोग्राम ओजनको धेरै आईईडी (इम्प्रोवाइज्ड एक्सप्लोसिव डिवाइस) भेटियो। जफत गरिएको सामग्रीमा उच्च श्रेणीको हतियार, दर्जनौं राउण्ड गोली र लगभग 30 मीटर लामो कर्डटेक्स विस्फोटक डोरी सामेल छ।

चुराचांदपुर जिल्लाको टोरबुंग र तैजांग गाउँहरूमा पनि खोजी अभियानमा एम-16 र इन्सास राइफल्स, देशी हतियार र ग्रेनेड जफत गरिएको छ। अधिकारीहरू अनुसार, मणिपुरमा उग्रवादी गतिविधिहरू र हतियारहरूको भण्डारलाई मध्यनजर राखेर क्षेत्रमा एन्टी-इन्सर्जेन्सी अपरेशनहरूलाई अझ् तीव्र गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande