प्रधानमन्त्रीको पश्चिम बंगाल दौड़ाह भोली, अलीपुरद्वारमा सीजीडी परियोजनाको आधारशिला राख्ने
मोदी


कोलकाता, 28 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार पश्चिम बंगालको दौड़ाह गर्नेछन्, जहाँ उनले अलीपुरद्वार र कूचबिहार जिल्लाहरूका लागि महत्वाकांक्षी सिटी ग्यास डिस्ट्रीब्यूशन (सीजीडी) परियोजनाको आधारशिला राख्नेछन्। साथै अलीपुरद्वारमा जनसभालाई सम्बोधित गर्नेछन्। यो जानकारी राज्य भाजपा अध्यक्ष एवं केन्द्रिय मन्त्री सुकान्त मजूमदारले आज दिएका हुन्।

मजूमदारले भने, प्रधानमन्त्रीले पहिले सरकारी कार्यक्रममा भाग लिनेछन् र फेरि अलीपुरद्वारमा पार्टीको जनसभालाई सम्बोधित गर्नेछन्। अपरेशन सिन्दूरपछि प्रधानमन्त्रीको यो पहिलो दौड़ाह हो। यस कार्यक्रमपछि उनी साझँ पटनाको निम्ति प्रस्थान हुनेछन्।

अधिकृत जानकारी अनुसार, प्रधानमन्त्री अलीपुरद्वार र कूचबिहार जिल्लाहरूका लागि कूल 1,010 करोड़को लागतको सीजीडी परियोजनाको आधारशिला राख्नेछन्। यस परियोजना अन्तर्गत 2.5 लाखभन्दा अधिक घरहरू र 100 भन्दा धेरै वाणिज्यिक संस्थानहरू तथा उद्योगहरूलाई पाइप्ड नेचुरल ग्यास (पीएनजी) को आपूर्ति गरिनेछ। साथै लगभग 19 सीएनजी स्टेशन स्थापित गरिनेछ, जसले वाहनहरूलाई कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी) प्रदान गर्नेछ। यी सबै स्टेशन न्यूनतम कार्य कार्यक्रम (एमडब्ल्यूपी) को लक्ष्यहरू अनुरूप हुनेछन्। यस परियोजनाबाट न केवल पर्यावरण अनुकूल र किफायती ईन्धनको सुविधा उपलब्ध हुनेछ तर स्थानीय स्तरमा रोजगारको अवसर पनि बढ्नेछ।

प्रधानमन्त्री दिउँसो एक बजी पश्च्यात् सिलगढ़ी पुग्ने सम्भावना छ। उनी सिक्किमबाट सीधा पश्चिम बंगाल आउनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande