प्रधानमन्त्री मोदीले दुई दिनमा चार राज्यको यात्रा गर्ने, विकासको उपहार दिने
मोदी


नयाँ दिल्ली, 28 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आगामी दुई दिनमा चार राज्यहरूको यात्रा गर्नेछन् औं धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नेछन्। उनी सिक्किम, पश्चिम बंगाल र बिहार हुँदै उत्तर प्रदेश जानेछन्।

प्रधानमन्त्रीले बिहिवार (29 मई) सिक्किमको दौड़ाह गर्नेछन्। उनी बिहान ‘सिक्किम@50: जहां प्रगति उद्देश्य से मिलती है और प्रकृति विकास को बढ़ावा देती है’ कार्यक्रममा भाग लिनेछन्। उनले सिक्किममा धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गरी उपस्थित मानिसहरूलाई सम्बोधित गर्नेछन्।

यसपछि उनले पश्चिम बंगालको दौड़ाह गर्नेछन्। यहा उनले अलीपुरद्वारमा दिउँसो अलीपुरद्वार र कूचबिहार जिल्लाहरूमा सिटी ग्यास वितरण परियोजनाको आधारशिला राख्नेछन्। प्रधानमन्त्रीले बिहारको पनि दौड़ाह गर्नेछन् र साझँ पटना हवाई अड्डाको निम्ति नयाँ टर्मिनल भवनको उद्घाटन गर्नेछन्।

भोली पल्ट (30 मई) बिहारको काराकाटमा बिहान प्रधानमन्त्री 48,520 करोड़ रूपियाँभन्दा अधिकको लागतको धेरै विकास परियोजनाहरूको उद्घाटन, शिलान्यास र लोकार्पण गर्नेछन्। उनले एक सार्वजनिक समारोहलाई पनि सम्बोधित गर्नेछन्।

यसपछि उनी उत्तर प्रदेशको दौड़ाह गर्नेछन्, जहाँ उनले दिउँसो कानपुर नगरमा लगभग 20,900 करोड़ रूपियाँको लागतको धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नेछन्। उनले एक सार्वजनिक समारोहलाई पनि सम्बोधित गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande