नीलगिरी, 29 मई (हि.स.)। तमिलनाडूमा भारी वर्षा भइरहेको छ। भारी वर्षाले नीलगिरी जिल्लाका धेऱै ठाउँहरूमा पैह्रो र रूख ढल्दा यातायात बाधित भएको छ। राज्यको पर्यटन विभागले नीलगिरीका धेरै पर्यटक स्थलहरूलाई बन्द गर्ने र अधिकारीहरूलाई सतर्क रहने निर्देश दिएको छ। यहीबीच मौसम विभागले कोयम्बटूर सहित धेरै जिल्लाहरूमा भारी वर्षाको रेड अलर्ट जारी गरेको छ।
नीलगिरीमा भारी वर्षाले पूरा जिल्लामा धेरै ठाउँमा पैह्रो र रूख ढल्ने घटनाहरू भएको छ, जसबाट धेरै गाउँहरूबीच आवाजाही बाधित भएको छ। धेरै निम्न क्षेत्रहरूमा पानी जमा भएको छ। तमिलनाडू मौसम विभाग अनुसार, थेनी र तिरूनेलवेली सहित अन्य छह जिल्लामा भारी वर्षाको निम्ति रेड अलर्ट जारी गरिएको छ।
तमिलनाडू पर्य़टन आयुक्तले बिहिवार बताए, भारी वर्षाको मध्यनजर सबै पर्यटक स्थललाई दुई दिनको निम्ति बन्द गर्ने आदेश दिइएको छ। उनले धेरै जिल्ला अधिकारीहरूलाई चेताउन जारी गरी मानिसहरूसित सतर्क रहने अपील गरेका छन्। तमिलनाडू सिंचाई विभाग अनुसार, तिरूनेलवेली जिल्लामा भारी वर्षाले पापनासम परियोजनामा पानीको स्तर धेरै बढ़ेको छ। परियोजनाको पूरा क्षमता 5,500 क्यूसेक छ तर वर्तमानमा जल भण्डारण 2,900 क्यूसेक छ। झरीको मौसम शुरू हुनसाथ स्थिति यस्तो छ भने पछि स्थिति कस्तो हुनेछ भनेर मानिसहरू चिन्तित छन्।
हिन्दुस्थान समाचार / भवानी थामी