नयाँ दिल्ली, 29 मई (हि.स.)। पूर्व प्रधानमन्त्री चौधरी चरण सिंहको स्मारक किशान घाटमा आज उनलाई याद गरियो। उपराष्ट्रपति जगदीप धनखड़ले किसान घाट पुगेर उनलाई श्रद्धाञ्जलि दिए औं स्मारकमा पुष्प अर्पित गरे। ग्रामीण भारत र किसानहरूप्रति चौधरी चरण सिंहको प्रेमलाई कहिलेपनि बिर्सन सकिन्न, उनले भने।
उपराष्ट्रपति धनखड़ले किसान घाट पुगेपछि पत्रकारहरूलाई भने, चौधरी चरण सिंहले आजादी अगाड़ीको भारतमा पनि किसानहरूका लागि काम गरे त्यसपछि पनि। उनले कृषि क्षेत्रमा काम गर्ने ती किसानहरूलाई स्वामित्व दिलाउनमा महत्वपूर्ण भूमिका निभाए। उनी दूरदर्शी नेता थिए। धनख़ड़ले किसानहरूलाई केवल खेतीसम्म नै सीमित नरहने आग्रह गरे। उनीहरू पशु पालन व्यापारसित पनि जोड़िनुपर्छ।
हिन्दुस्थान समाचार / भवानी थामी