नयाँ दिल्ली, 29 मई (हि.स.)। प्रधानमन्त्रीले पश्चिम बगालको अलीपुरद्वार र कूचबिहार जिल्लाहरूमा बिहिवार सिटी ग्यास वितरण (सीजीडी) परियोजनाको आधारशिला राखे। यस परियोजनाको लागत 1010 करोड़ रूपियाँभन्दा अधिक छ। यसको उद्देश्य 2.5 लाखभन्दा अधिक घरहरूलाई पाइप्ड नेचुरल ग्यास (पीएनजी) प्रदान गर्नु हो। यसबाट 100 भन्दा अधिक वाणिज्यिक प्रतिष्ठानहरू र उद्योगहरूलाई पनि लाभ मिल्नेछ।
यस परियोजना अन्तर्गत लगभग 19 सीएनजी स्टेशनहरूको स्थापना गरिनेछ, जसबाट वाहनहरूको निम्ति संकुचित प्राकृतिक ग्यास (सीएनजी) उपलब्ध हुनेछ। प्रधानमन्त्रीले भनेका छन्, यो परियोजनाले न केवल स्वच्छ र सुरक्षित ग्यास आपूर्ति सुनिश्चित गर्नेछ तर रोजगारको अवसर पनि दिनेछ। बंगालको विकास भारतको भविष्यको आधार हो। आज त्यही आधारमा अझ् एउटा मजबुत ईटा जोड्ने दिन हो। यो परियोजना केवल पाइपलाइनको कार्य नभएर सरकारको योजनाहरूको ‘डोरस्टेप डिलीवरी’ को उदाहरण हो।
उनले भने, अलीपुरद्वारको भूमि विभिन्न संस्कृतिहरूसित जोड़िएको छ। यस समृद्ध भू-भागमा यस महत्वपूर्ण परियोजनाको शुभारम्भले क्षेत्रको विकास हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी