हिमाचल प्रदेशको कांगड़ा जिल्लामा समातियो पाकिस्तानको निम्ति जासूसी गर्ने युवक
हिमाचल प्रदेशको कांगड़ा जिल्लामा समातियो पाकिस्तानको निम्ति जासूसी गर्ने युवक


धर्मशाला, 29 मई (हि.स.)। हिमाचल प्रदेश पुलिसले कांगड़ा जिल्लाको देहराबाट पाकिस्तानको निम्ति जासूसी गर्ने युवकलाई पक्राउ गरेको छ। पक्रा परेको युवकको पहिचान सुखाहर गाउँ निवासी अभिषेक भारद्वाज (20) को रूपमा गरिएको छ। देहर पुलिसले आज उसलाई कोर्टमा पेश गरेर रिमान्डको माग गर्नेछ। अभिषेकलाई बुधवार हिरासतमा लिएर लामो सोधपुछपछि पक्राउ गरियो।

देहरा एसपी मयंक चौधरीले भने, अभिषेक भारद्वाजको मोबाइल फोनबाट केही संवेदनशील दस्तावेज र फोटो जफत भएको छ। डेटालाई फोरेन्सिक ल्याबमा पठाइएको छ। अपरेशन सिन्दूरपछि संदिग्ध गतिविधिहरूको कारण अभिषेकमाथि नजर राखिँदैथियो। आरोपीले सोशल मीडियाको माध्यले सूचनाहरू पाकिस्तान पठाउने गरेको स्वीकार गरेको छ।

उनले भने, आरोपी विरूद्ध भारतीय न्याय संहिताको धारा 152 बीएनएस अन्तर्गत मामिला दर्ता गरिएको छ। प्रारम्भिक जाँचमा थाहा लागेको छ कि उसले केलजको पढ़ाई बीचैमा छोड़िसकेको छ। देहरा पुलिसले यसको सूचना राज्य र केन्द्रको गोप्य एजेन्सीहरूलाई दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande