इन्दौरमा भेटियो कोरोनाको चार नयाँ मामिला, सक्रिय रोगीहरूको संख्या बढ़ेर 9 पुग्यो
इन्दौरमा भेटियो कोरोनाको चार नयाँ मामिला, सक्रिय रोगीहरूको संख्या बढ़ेर 9 पुग्यो


इन्दौर, 29 मई (हि.स.)। शहरमा कोरोना संक्रमणको मामिला फेरि बढ्न थालेको छ। यहाँ गत 24 घण्टामा चार नयाँ कोरोनो पोजिटिभ रोगी भेटिएका छन्। यसका साथै वर्तमानमा शहरमा सक्रिय रोगीहरूको संख्या बढ़ेर 9 पुगेको छ। सबै रोगीहरूलाई होम आइसोलेशनमा राखिएको छ। भाइरसको भेरिएन्टको पत्तो लगाउनका लागि सबै रोगीहरूको नमूना भोपाल पठाइएको छ।

इन्दौरका मुख्य स्वास्थ्य एवं चिकित्सा अधिकारी (सीएमएचओ) डा. बीएस सेतियाले भनेका छन्, गत 24 घण्टामा शहरका अलग-अलग क्षेत्रहरूमा कोरोनाका चार नयाँ रोगी भेटिएका छन्। यसमध्ये तीन रोगी यूके, केरल र मुम्बईबाट फर्केका हुन्। यहाँ अस्वस्थ भएपछि जाँच गराउँदा उनीहरू कोरोना पोजिटिभ पाइए। यद्यपि, सबैको स्थिति सामान्य छ र कसैलाई अस्पतालमा भर्ती गराउने आवश्यकता परेन।

सीएमएचओ अनुसार, चार रोगीमा 43 वर्षीय एक महिला सामेल छन्, जो यूकेबाट फर्केकी हुन्। दोस्रो संक्रमित 30 वर्षीय महिला केरलबाट र कोरोना पोजिटिभ 50 वर्षीय पुरूष मुम्बईबाट यात्रा गरेर फर्केका छन्। 54 वर्षीय महिला इन्दौरमै थिइन्। यसमध्ये केरलबाट आएकी महिलाको पति शुक्रवार पोजिटिभ पाइएको थियो। पतिको सम्पर्कमा आएपछि उसको नमूना लिइयो, जसको रिपोर्ट पोजोटिभ आएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande