नयाँ दिल्ली, 29 मई (हि.स.)। रक्षा मन्त्री राजनाथ सिंहले एक पल्ट फेरि देशलाई पाकिस्तान अधिकृत कश्मीर एक न एक दिन भारतको हिस्सा हुनेछ भनी भरोसा दिलाएका छन्।
उनले भने, पीओकेको भारतमा एकीकरण यस देशको सांस्कृतिक, सामाजिक र आर्थिक समृद्धिमाथि निर्भर गर्दछ। पीओकेमा बस्ने अधिकतर मानिसहरूले भारतसित गहिरो सम्बन्ध महसूस गर्छन्। केही छन्, जसलाई भ्रमित गरिएको छ। पीओकेमा बस्ने हाम्रा भाईहरूको स्थिति वीर योद्धा महाराणा प्रतापका कान्छा भाई शक्ति सिंह जस्तै छ। भारतले सदैव मनलाई जोड्ने कुरा गर्दछ र हाम्रो भनाई छ, प्रेम, एकता र सत्यको मार्गमा हिँड़ेर त्यो दिन टाढ़ा छैन जब हाम्रो आफ्नो हिस्सा पीओके फर्केर आउनेछ। रक्षा मन्त्रीले बिहिवार भारतीय उद्योग परिसंघ (सीआईआई) को वार्षिक व्यापार शिखर सम्मेलन-2025 को उद्घाटन सत्रलाई सम्बोधित गरिरहेका थिए।
उनले भने, एउटा ठूलो मूल्य चुकाउनु पर्नसक्छ, यसको अन्दाजा आज पाकिस्तानलाई भइसकेको छ। अपरेशन सिन्दूरमा आतङ्कीहरू विरूद्ध भारतको रणनीति र प्रतिक्रिया दुवैलाई नयाँ स्वरूप र पुनर्परिभाषित गरिएको छ। हामीले पाकिस्तानसित आफ्नो सहभागिता र वार्ताको परिधिलाई फेरि जाँच्नुपर्नेछ। उसको साथ अब जहिलेपनि कुरा हुनेछ, त्यो केवल पीओकेमाथि हुनेछ। अपरेशन सिन्दूरमा पूरा देशको जनताले 'मेक इन इण्डिया' अभियानको सफलतालाई देख्यो, बुझ्यो र महसूस गरेको छ। आज यो प्रमाणित भइसकेको छ कि मेक इन इण्डिया भारतको सुरक्षा र समृद्धि दुवैको निम्ति आवश्यक छ। अपरेशन सिन्दूरमा हामीले धेरै कुरा गर्नसक्थ्यौं तर शक्ति र संयमको साथ हामीले विश्व सामू शानदार उदाहरण पेश गऱ्यौं।
सीआईआईको वार्षिक व्यापार शिखर सम्मेलनको मंचमा राजनाथ सिंहले भने, आज हामीले केवल लड़ाकू विमान वा मिसाइल सिस्टम बनाइऱहेका छैनौं, हामी न्यू एज वारफेयर टेक्नोलोजीको निम्ति पनि तयार भइरहेका छौं। हाम्रो घरेलू सिस्टमले आज अपरेशन सिन्दूरमा पूरा विश्वलाई छक्क पार्दै यो प्रमाणित गरेको छ कि हामीले दुश्मनहरूको कुनैपनि हतियारलाई भेद्ने शक्ति राख्छौं। भारतको लगातार अगाड़ी बढ्दो यात्रामा पहिलो पल्ट देशको डिफेन्स सेक्टरले पनि आफ्नो अहम भूमिका निभाइरहेको छ। गत एक दशकमा सरकारको पहलको कारण भारतको रक्षा क्षेत्र नयाँ शिखरहरूमा पुगिसकेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी