सीआईकेले कश्मीरमा धेरै ठाउँ छापा माऱ्यो, आपत्तिजनक सामग्री र डिजिटल डिवाइस जफत
सीआईकेले कश्मीरमा धेरै ठाउँ छापा माऱ्यो, आपत्तिजनक सामग्री र डिजिटल डिवाइस जफत


श्रीनगर, 30 मई (हि.स.)। काउन्टर इन्टेलिजेन्स कश्मीर (सीआईके) ले शुक्रवार आतङ्की गतिविधिहरूसित जोड़िएको एक मामिलामा कश्मीर घाटीमा धेरै ठाउँ छापा माऱ्यो। खोजी अभियानमा सिम कार्ड, मोबाइल फोन, टेबलेट र अन्य डिजिटल डिवाइस सहित आपत्तिजनक सामग्री जफत गरिएको छ।

सीआईकेले बयानमा भनेको छ, छापामारीमा जफत गरिएको सिम कार्ड, मोबाइल फोन, टेबलेट र अन्य डिजिटल उपकरणहरूको डेटाको विश्लेषण गरिनेछ औं जुन साक्ष्य पाइनेछ, त्यो अगाड़ीको जाँचको आधार बन्नेछ। यस अभियानको उद्देश्य महत्वपूर्ण साक्ष्यहरूलाई उजागर गर्नु, अवैध गतिविधिहरूमाथि अंकुश लगाउनु, मोबाइल फोन जस्ता संचार उपकरणहरूको दुरूपयोगलाई रोक्नु र आतङ्कवादको समर्थन गर्ने र त्यसलाई प्रोत्साहन दिने आतङ्कवादी सहयोगीहरूको पहिचान गरी जम्मू-कश्मीरमा आतङ्की पारिस्थितिकी तन्त्रलाई समाप्त गर्नु हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande