भारतले पाकिस्तान विरूद्ध अपरेशन ‘सिन्दूर’ आफ्नो शर्तमा रोक्यो- राजनाथ
राज


नयाँ दिल्ली, 30 मई (हि.स.)। दुई दिनको गोवा यात्रामा गएका रक्षा मन्त्री राजनाथ सिंहले शुक्रवार आईएनएस विक्रान्तमा सवार भारतका बहादुर नौसैनिकहरूको साथ कुराकानी गरे उनीहरूको हौसला बढ़ाए।

उनले भने, जबसम्म राष्ट्रको समुद्री सीमाहरूको सुरक्षा तपाईको मजबुत हातहरूमा छ, तबसम्म भारतलाई कसैले नराम्रो नजरले हेर्न सक्दैन। भारतले पाकिस्तान विरूद्ध अपरेशन ‘सिन्दूर’ आफ्नो शर्तमा रोकेको हो, कसैको दबाउमा होइन भनी उनले पहिलो पल्ट खुलासा गरे। अपेरेशनमा भारतीय सेनाहरूले केवल आतङ्कीहरूलाई नभएर उसलाई संरक्षण दिनेहरूलाई पनि स्पष्ट सन्देश दिएको छ कि भारतले अब सहन गर्दैन, उसले अब सीधा जवाफ दिन्छ।

रक्षा मन्त्री राजनाथ सिंहले सशस्त्र बलहरूलाई अपरेशन ‘सिन्दूर’ को सफलतामा बधाई दिँदै भने, पहलगाम आतङ्की हमलाको प्रतिशोध लिन हामीले केवल केही समयमा पाकिस्तानको आतङ्की अड्डा र उसको मनसायलाई ध्वस्त गऱ्यौं। हाम्रो प्रहार यति घातक थियो कि पाकिस्तानले पूरा विश्वसित भारतलाई रोक्ने गुहार लगाउन थाल्यो। अन्तमा हामीले आफ्नो शर्तमा, म फेरि दोहोऱ्याउछु, हामीले आफ्नो शर्तमा आफ्नो सैन्य एक्शनलाई रोकेका हौं। यस पूरा एकीकृत अपरेशनमा नौसेनाको भूमिका गौरवशाली रहेको छ।

उनले भने, अपरेशनमा अरब सागरमा तपाईको आक्रामक भूमिका, बेजोड़ समुद्री डोमेन जागरूकता र समुद्री वर्चस्वले पाकिस्तानी नेवीलाई उसकै तटहरू नजिक सीमित गऱ्यो। उसले खुल्ला समुद्रमा आउने साहससम्म जुटाउन सकेन। समुद्रमा हाम्रो पश्चिमी बेड़ाका जहाजहरूले आतङ्की हमलाको 96 घण्टाभित्र पश्चिमी र पूर्वी तटमा सतहदेखि सतह र सतहदेखि हावामा मार गर्ने मिसाइलहरू र टरपीडोले धेरै सफल फायरिंग गरे, जसले प्लेटफार्म, सिस्टम र चालक दलको युद्ध तत्परतालाई दर्शाउँछ। यी लामो दूरीका सठीक हमलाहरूले दुश्मन विरूद्ध हाम्रो मनसाय र तत्परतालाई पनि देखायो र दुश्मन यहीबाट रक्षात्मक मुद्रामा आयो।

अपरेशन सिन्दूरमा आईएनएस विक्रान्तको तैनातीले हाम्रो मनसाय र क्षमताको प्रभावशाली संकेत दियो। तपाईको यस मजबूत तयारीले दुश्मनको हौसलालाई अगावै हताश बनायो। पाकिस्तानको निम्ति तपाईको तयारी नै पर्याप्त थियो।

पाकिस्तानले भारतीय नौसेनाको प्रचण्ड शक्ति, उसको सैन्य बुद्धिमता र विध्वंसक क्षमताहरूलाई न केवल महसूस गऱ्यो तर त्यसबाट भयभीत पनि भयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande