जौनपुरमा अनियन्त्रित बस पल्टिँदा पाँचको मृत्यु
जौनपुरमा अनियन्त्रित बस पल्टिँदा पाँचको मृत्यु


जौनपुर, 30 मई (हि.स.)। जिल्लामा बक्सा थाना क्षेत्रको लखउवा हाईवे नजिक शुक्रवार एक निजी बस अनियन्त्रित भएर पल्टिँदा पाँच यात्रीको मृत्यु भयो। यस दुर्घटनामा छहभन्दा अधिक यात्री घाइते भएका छन्। घटनामा मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गरेका छन्। घटनाको जानकारी पाएपछि जिल्लाधिकारी डा. दिनेश चन्द्र सिंह एवं पुलिस अधीक्षक डा. कौस्तुभले अस्पताल पुगेर पीड़ितहरूको हालचाल सोधे।

जिल्लाधिकारी डा. दिनेश कुमार सिंहले भने, यात्रीहरूसित सोधपुछमा थाहा लाग्यो कि बदलापुरदेखि जौनपुर शहरतिर आइरहेको एउटा निजी बस बक्सा थाना क्षेत्रको लखउवा हाईवे नजिक मोड़ भएको कारण अनियन्त्रित भएर पल्टियो। दुर्घटनामा पाँच यात्रीको घटनास्थलमै मृत्यु भयो जबकि छहभन्दा धेरै यात्री गम्भीर रूपमा घाइते भए।

पुलिस अनुसार, प्रारम्भिक जाँचमा दुर्घटनाको कारण लापरवाही र तीव्र रफ्तार हुनसक्छ। पुलिसले बस चालकलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ। यस घटनाको मुख्यमन्त्री योगी आदित्यनाथले संज्ञान लिँदै मृतकहरूको शोक संतप्त परिजनहरूप्रति आफ्नो शोक समवेदना व्यक्त गरेका छन्। उनले जिल्ला प्रशासनका अधिकारीहरूलाई समुचित उपचार उपलब्ध गराउने निर्देश दिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande