प्रधानमन्त्रीले पहलगाम आतङ्की हमलामा मारिएका शुभमका परिजनहरूलाई भेटे
शुभम


कानपुर, 30 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी ‘अपरेशन सिन्दूर’ पछि पहिलो पल्ट शुक्रवार कानपुर पुगे। प्रधानमन्त्रीले एयरपोर्टमै पहलगामको आतङ्की हमलामा मारिएका शुभम द्विवेदीका परिजनहरूलाई पनि भेटे। उनले परिजनहरूलाई शुभमको बलिदान व्यर्थ जानेछैन र आतङ्कवाद विरूद्ध कारबाही जारी रहनेछ भनी भरोसा दिलाए।

शुक्रवार प्रधानमन्त्री नरेन्द्र मोदी कानपुरको चकेरी एय़रपोर्ट पुगे। यहाँ मुख्यमन्त्री योगी आदित्यनाथ सहित धेरै प्रमुख जनप्रतिनिधिहरूले प्रधानमन्त्रीको स्वागत गरे। एयरपोर्टमै प्रधानमन्त्री मोदीले 22 अप्रेलमा कश्मीरको पहलगाम आतङ्की हमलामा मारिएका कानपुर निवासी शुभम द्विवेदीका परिजनहरूलाई भेटे। परिजनहरूलाई नरवल एसडीएमले लिएर एयरपोर्ट पुगेका थिए। लगभग आठ मिनटको यस भेटमा मोदी सामू शुभमका पिता संजय, आमा सीमा र पत्नी एशन्या भावुक भए।

शुभमकी आमाले उनलाई भनिन्, हाम्रो छोराको मृत्यु व्यर्थ नजाओस्। परिजनहरूको आसू देखेर मोदी पनि भावुक भए। यस अवसरमा प्रधानमन्त्रीले भने, आतङ्कवाद विरूद्ध ‘अपरेशन सिन्दूर’ अहिले रोकिएको छ, समाप्त भएको छैन र यो अगाड़ी पनि जारी रनहेछ। शुभमको पत्नी एशन्याले पतिलाई शहीदको दर्जा दिने माग गरेकी छन्। पिता संजयले भने, प्रधानमन्त्रीले हाम्रो पूरा कुरा सुने औं पूरा देश हाम्रो साथ खड़ा रहेको बताए। ‘अपरेशन सिन्दूर’ अन्तर्गत आतङ्कवाद विरूद्ध कठोर कारबाही गरिएको छ। मोदीले आतङ्कवादको समूल नाश गर्ने वाचा दिएका छन्।

उल्लेख्य, प्रधानमन्त्री मोदी बिहारको दौड़ाह गरी आज कानपुर पुगेका छन्। उनले यहाँ कानपुरमा लगभग 47 हजार करोड़को योजनाहरूको शिलान्यास र लोकार्पण गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande