पुन्छमा अमित शाहले भने- जम्मू-कश्मीरको विकास रोकिने छैन
पुन्छ


पुन्छ, 30 मई (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले हालमा पाकिस्तानी गोलीबारीले प्रभावित परिवारहरूलाई भेट्न शुक्रवार पुन्छको दौड़ाह गरे। उनले यहाँका निवासीहरूलाई भरोसा दिलाए कि जम्मू-कश्मीरको विकास रोकिनेछैन। उनले भने, हरेक आतङ्की हमलाको जवाफ दिनु हाम्रो नीति हो। पहलगामको हमला गराइएको थियो, यसैले यस कृत्यको विश्वभरिमा निन्दा गरियो। पुन्छवासीहरूले बहादुरीको परिचय दिएका छन्। उनले हमलामा मारिएका पुन्छका नागरिकहरूका परिजनहरूलाई नियुक्ति प्रमाण पत्र पनि दिए।

शाहले पाकिस्तानको कारबाहीको निन्दा गर्दै भने, पाकिस्तानले जम्मू-कश्मीरमा नागरिक क्षेत्रहरूलाई लक्ष्य गऱ्यो र पुन्छमा सबैभन्दा अधिक नोकसान भयो। आजादीपछि पहिलो पल्ट पुन्छमा गोलीबारी गरियो। पूरा विश्वले पाकिस्तानको हमलाको निन्दा गरिरहेको छ। भारतीय सशस्त्र बलहरूले 9 पाकिस्तानी हवाई ठेगानालाई नष्ट गरेर मुहतोड़ जवाफ दियो र परिणामस्वरूप उसलाई संघर्ष विरामको निम्ति अगाड़ी आउनुपऱ्यो।

गृह मन्त्रीले खानेतरमा यूनिट मुख्यालयमा सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूसित पनि कुराकानी गरे औं अपरेशन सिन्दूरमा उनीहरूको भूमिकाको प्रशंसा गरे। शाहले गोलीबारीमा क्षतिग्रस्त धार्मिक स्थलहरूको दौड़ाह गरे औं अमरनाथ यात्रा अगाड़ी सुरक्षा स्थितिको समीक्षा गरे। केन्द्रिय गृहमन्त्री अमित शाहले भने, जम्मू-कश्मीरको विकास जुन 2014 मा प्रधानमन्त्री नरेन्द्र मोदी अन्तर्गत शुरू भएको थियो। हालको उकसावापछि पनि जम्मू-कश्मीरको विकास रोकिनेछैन, सुस्त हुनेछैन। उनले चेताउनी दिए, भारतलाई नोकसान पुऱ्याउने प्रयास गर्नेहरूले “कड़ा र निर्णायक” प्रतिक्रियाको सामना गर्नुपर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande