पञ्जाबको मुक्तसर साहिबमा पटेका फ्याक्ट्रीमा विस्फोट, पाँचको मृत्यु, 25 घाइते
पञ्जाबको मुक्तसर साहिबमा पटेका फ्याक्ट्रीमा विस्फोट, पाँचको मृत्यु, 25 घाइते


चण्डीगढ़, 30 मई (हि.स.)। पञ्जाबको मुक्तसर साहिब स्थित पटेका फ्याक्ट्रीमा राति भएको विस्फोटमा पाँच कामगारहरूको मृत्यु भयो र 25 जना घाइते भए। घाइतेहरूलाई छेवैको अस्पतालहरू र बठिन्डा एम्समा भर्ती गराइएको छ। प्रशासनले पाँच कामगारहरूको मृत्यु भएको पुष्टि गरेको छ। तर उनीहरूको विवरण जारी गरेको छैन। विस्फोटले गर्दा पूरा बिल्डिङ ध्वस्त भयो। अहिलेसम्म दुई व्यक्तिको अत्तोपत्तो छैन।

मुक्तसरको गाउँ सिंघेवाला-फतूहीवाला मार्ग स्थित यो पटेका फ्याक्ट्री सत्तारूढ़ दलसित जोड़िएको एक कार्यकर्ताको बताइएको छ। राति लगभग डेढ़ बजी मेकिंग यूनिटमा जोडदार विस्फोट हुँदा दुई तले बिल्डिङ ढल्यो। प्रारम्भिक जाँचमा थाहा लागेको छ, फ्याक्ट्री मालिकले पटेका बनाउने काम उत्तर प्रदेशको हाथरस निवासी राजुकमारलाई ठीकामा दिएको थियो। उसका कामगारहरूले नै यहाँ काम गर्थे। यसमध्ये अधिकतर मानिसहरू फ्याक्ट्रीमा बस्थे।

प्रत्यक्षदर्शीहरू अनुसार, घटनास्थलमा भारी संख्यामा डब्बामा प्याक पटेका राखिएको थियो र यही कम्पनीको खाली डब्बाको गाड़ी खड़ा थियो। गाड़ीलाई आज बिहान अनलोड गरिनुथियो। विस्फोटको सूचना पाउनसाथ पुलिस र फायर ब्रिगेडको टीमहरू पुग्यो। अवशेषमा कामगारहरू पुरिएको सूचना पाइएपछि यहाँ एनडीआरएफको टीमहरूलाई पनि बोलाइयो। पुलिसले घटनास्थललाई चारैतिरबाट घेरेको छ। रातिदेखि नै राहत कार्य जारी छ।

डीएसपी जसपाल सिंहले भने, किल्लियांवाली थाना प्रभारी कर्मजीत कौर र अन्य स्टाफले मामिलाको जाँच गरिरहेका छन्। अहिलेसम्म अवशेषबाट पाँच जनाको शव निकालिएको छ जबकि दुई व्यक्तिको अहिले कुनै अत्तोपत्तो छैन। लगभग 25 जनालाई अस्पतालमा भर्ती गराइएको छ। यो फ्याक्ट्री तरसेम सिंहको नाममा पंजीकृत छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande