हरदोई, 31 मई (हि.स.)। उत्तर प्रदेशको हरदोई जिल्लामा भएको सडक दुर्घटनामा 6 जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। विवाहबाट फर्किरहेको जन्तीको कार भुप्पा पुरवा मोड़मा अनियन्त्रित भएर खाल्डोमा पल्टिएको बताइएको छ। कारमा रहेका 6 जनाको मृत्यु भयो र सात जना गम्भीर घाइते भए। पुलिसले शवहरू नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाएको छ। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
पुलिस उपाधीक्षक अनुज मिश्रले शनिवार बिहान 3 बजीतिर मझिला थानाको कुसमा गाउँबाट जन्ती लिएर पाली फर्किरहेको एर्टिगा कार भुप्पा पुरवा मोड़मा अनियन्त्रित भएर खाल्डोमा खसेको बताए। दुर्घटनामा 6 जनाको मृत्यु भयो। मृत्यु हुनेहरूमा जितेन्द्र (22), आकाश (18), सिद्दार्थ (6), रामू (35), उदय वीर (23), जौहरी (40) रहेका छन्।
पुलिसले सबै मृतक र घाइतेहरूलाई एम्बुलेन्सबाट सीएचसी शाहाबाद पठायो। घाइतेहरूलाई प्राथमिक उपचार गरेपछि जिल्ला अस्पताल रेफर गरियो। घटनाको जानकारी पाउने बित्तिकै पुलिस अधीक्षक नीरज कुमार जादौन घटनास्थल पुगेर पुलिसलाई दिशानिर्देश दिएका थिए। मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति दुःख व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी