विश्व तम्बाकू निषेध दिवसमा भ्रामक विपणन रणनीतिहरूलाई बुझ्ने आवश्यकता- जेपी नड्डा
नड्डा


नयाँ दिल्ली, 31 मई (हि.स.)। केन्द्रिय स्वास्थ्य मन्त्री जेपी नड्डाले युवाहरूमा तम्बाकूको खतराहरूबारे जागरूकता बढ़ाउनमाथि जोड दिए। विश्व तम्बाकू निषेध दिवसमा शनिवार एक्समा आफ्नो सन्देशमा नड्डाले भनेका छन्, युवाहरूमा तम्बाकूको लत लाग्न अगावै त्यसलाई रोक्न समाज एकसाथ आउनुपर्छ।

उनले भने, यस वर्षको थीम “तम्बाकूको विज्ञापनको पर्दाफाश गर्नुः तम्बाकू र निकोटीन उत्पादमाथि उद्योगको चालहरूलाई उजागर गर्नु”, भ्रामक विपणन रणनीतिहरूलाई बुझ्ने तत्काल आवश्यकतामाथि प्रकाश पारेका छन्, जसले हाम्रा युवाहरूलाई जोखिममा पार्छ। नड्डाले सबैलाई तम्बाकू निषेधमा एकजुट भएर स्वस्थ, तम्बाकू मुक्त भविष्यको निम्ति अगाड़ी आउने आह्वान गरे।

उल्लेख्य, विश्व स्वास्थ्य संगठनले 1987 मा तम्बाकूको सेवनबाट हुने रोगहरू र मृत्युमाथि रोक लगाउन यस दिनको शुरूआत गरेको थियो। पहिलो पल्ट 31 मई 1988 मा अन्तरराष्ट्रिय स्तरमा तम्बाकू निषेध दिवस मनाइयो। त्यस पश्च्यात् हरेक साल वैश्विक स्तरमा यस दिनलाई मनाउन थालियो। विश्व तम्बाकू निषेध दिवसको उद्देश्य केवल जागरूकता फैलाउनु होइन तर नीति-निर्माणलाई मजबुत गर्नु, जनसहभागितालाई बढ़ाउनु र युवाहरूलाई यी उत्पादहरूदेखि बचाउन सामूहिक प्रयास गर्नु हो। स्वास्थ्यकर्मीहरू, नीति-निर्माताहरू, शिक्षकहरू र समुदायहरूबीच सहयोग भएमात्र हामीलाई एक तम्बाकू-मुक्त भविष्यतिर लैजान सक्छ।

हरेक साल तम्बाकूले लगभग 80 लाख मानिस मर्छन्। भारतमा ग्लोबल एडल्ट टोबेको सर्वेक्षण अनुसार, 28.6 प्रतिशत वयस्क (लगभग 26.68 करोड़) ले कुनै न कुनै रूपमा तम्बाकूको उपयोग गर्छन्- चाहे त्यो धूम्रपान होस्, चपाउनु होस्, दाँत वा गिजामा लगाउनु होस् या सुङ्घनु। लगभग 87 प्रतिशतले दिनहुँ तम्बाकूको सेवन गर्छन् जबकि 13 प्रतिशतले कहिले काही। 21.4 प्रतिशत वयस्कहरूद्वारा प्रयुक्त तम्बाकू 'स्मोकलेस' (बिना धुवाको) को सेवन गरिन्छ, जुन धूम्रपान (10.7 प्रतिशत) को तुलनामा दुई गुणाभन्दा अधिक छ- यो यसको संकेत हो कि केवल धूम्रपानलाई नियन्त्रित गर्नु पर्याप्त हुनेछैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande