विधानसभा सचिवालयले अब्बास अन्सारीको विस सदस्यता रद्द गऱ्यो
विधानसभा सचिवालयले अब्बास अन्सारीको विस सदस्यता रद्द गऱ्यो


लखनऊ, 01 जून (हि.स.)। आइतवार अवकाश भएपनि विधानसभा सचिवालयका अधिकारीहरूले कोर्टबाट दुई वर्षको सजाय पाउने अब्बास अन्सारीको विधानसभाको सदस्यता रद्द गरेका छन्। सचिवालयले निर्वाचन आयोगलाई मऊ विधानसभा सीट रिक्त भएको सूचना पनि पठाएको छ।

ज्ञात होस्, मुख्तार अन्सारीका छोरा अब्बास अन्सारी मऊ सदर विधानसभा सीटबाच चुनाउ जितेर पहिलो पल्ट विधायक बनेका थिए। एक हेट स्पीच मामिलामा विशेष कोर्टले शनिवार उनलाई दोषी ठहर गर्दै दुई वर्षको सजाय सुनाएको छ। कुनैपनि मामिलामा दुई वर्ष वा त्यसभन्दा अधिकको सजाय भए विधानसभाको सदस्यता जाने कानूनी प्रावधान छ। अब्बासलाई सजाय सुनाइएदेखि नै उनको विधायक सदस्यता जाने चर्चा चलिरहेको थियो। आइतवार विधानसभा सचिवालयले यस सम्बन्धमा अब्बास अन्सारीको विधानसभाको सदस्यता रद्द गरेको छ। निर्वाचन आयोगलाई सूचना पठाएको छ। अब चुनाउ आयोगले नै कुनै ठूलो निर्णय लिनेछ।

विधानसभाका प्रमुख सचिव प्रदीप दुबले पत्रकारहरूलाई भने, अब्बास अन्सारीको विधानसभा सदस्यता समाप्त भइसकेको छ। उप्रका मुख्य निर्वाचन अधिकारीलाई उपचुनाउ गराउनका लागि प्रस्ताव पठाइएको छ। यसका साथै मऊ सदर सीटमा उपचुनाउको सम्भावना बढ़ेको छ। अब्बासमाथि विधानसभा चुनाउमा एक चुनावी जनसभामा भड्काउन भाषणमा धम्की दिँदै आफ्नो सरकार आए सबैलाई हेर्ने कुरा भनेका थिए। यस मामिलामा उनलाई पक्राउ गरिएको थियो। अब कोर्टले उनलाई दुई वर्षको सजाय सुनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande