छत्तीसगढ़मा ईओडब्ल्यूले दुर्ग जिल्लामा विजय भाटिया र उनका आफन्तहरूको 5 ठेगानामा छापमारी गऱ्यो
छत्तीसगढ़मा ईओडब्ल्यूले दुर्ग जिल्लामा विजय भाटिया र उनका आफन्तहरूको 5 ठेगानामा छापमारी गऱ्यो


रायपुर, 01 जून (हि.स.)। छत्तीसगढ़मा आज बिहान आर्थिक अपराध शाखा (ईओडब्ल्यू) को टीमले दुर्घ जिल्लाको भिलाईमा विजय भाटिया र उनका आफन्तहरूका 5 ठेगानामा छापा मारेको छ। विजय भाटिया पेशाले कारोबारी हुन् र छत्तीसगढ़का पूर्व मुख्यमन्त्री भूपेश बघेलका निकटतम हुन्। आधिकारिक सूत्रहरू अनुसार, यो छापामारी कारबाही आबकारी घोटाला मामिलामा गरिएको हो।

भिलाईको नेहरू नगर ईस्टमा विजय भाटियाका दुई आफन्तको घरको साथ भिलाई सेक्टर 06 स्थित विजयको फर्नीचर शोरूम, हथखोजमा उनको फ्याक्ट्री तथा आदर्श नगरमा पिताको पैतृक घरमा एजेन्सीले छापा मारेको छ।

उल्लेख्य, पूर्व मुख्यमन्त्री भूपेश बघेलको करीबी मानिने विजय भाटियाको ठेगानाहरूमा रक्सी घोटालासित जोड़िएको मामिलामा ईडी, एसीबी-ईओडब्ल्यूका अधिकारीले तीन पल्ट छापा मारिसकेका छन्। छत्तीसगढ़को यो बहुचर्चित रक्सी घोटाला 2019 देखि 2022 बीच राज्यको सरकारी रक्सी दोकानहरूबाट अवैध तरीकाले रक्सी बेच्नसित जोड़िएको छ। यस घोटालामा दुई हजार करोड़ रूपियाँभन्दा अधिकको नोकसान भएको भनिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande