देशमा कोरोनाको सक्रिय रोगीहरूको संख्या 3758 माथि, दुईको मृत्यु
कोरोना


नयाँ दिल्ली, 01 जून (हि.स.)। देशमा कोरोना भाइरसको मामिला तीव्र गतिमा बढ्न थालेको छ। कोरोना भाइरसले गत 24 घण्टामा दुई रोगीको मृत्यु भएको छ। कर्नाटकमा 63 वर्षीय बुजुर्ग रोगीको मृत्यु भयो, जसलाई पहिलेदेखि नै अन्य गम्भीर रोगहरू पनि थियो। केरलमा 24 वर्षीय एक युवतीको संक्रमणले मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले आइतवार बिहान जारी आंकड़ाहरूमा जानकारी गराएको छ, देशमा सक्रिय कोविड केसको संख्या बढ़ेर 3758 भएको छ। गत 24 घण्टामा 363 नयाँ मामिला आएको छ जबकि 1818 रोगीलाई उपचारपछि डिस्चार्ज गरियो। आंकड़ाहरू अनुसार, सबै राज्यहरूमा कोरोनाको मामिला तीव्र गतिमा बढ़िरहेको छ। केरलमा सबैभन्दा धेरै 1400, महाराष्ट्रमा 485 र दिल्लीमा 436 कोरोनाको मामिला छ। देशमा कोरोनाको चार नयाँ भेरिएन्ट पाइएको छ।

आईसीएमआएर अनुसार, दक्षिण र पश्चिम भारतमा कोरोनाको चार नयाँ भेरिएन्टको पहिचान भएको छ। यसमा एलएफ.7, एक्सेफजी, जे एन 1 र एम्बी.1.8.1 सामेल छन्। जेएन.1 भारतमा सबैभन्दा आम भएरिएन्ट बनेको छ, टेस्टिङमा 50 प्रतिशतभन्दा धेरै नमूनामा पाइएको छ। यो ओमिक्रोनको बी ए.2.86 को स्ट्रेन हो र इम्यूनिटीलाई कमजोर बनाउँदछ। यद्यिप, विश्व स्वास्थ्य संगठनले यसलाई ‘भेरिएन्ट अफ इन्टरेस्ट’ को श्रेणीमा राखेको छ तर यो भेरिएन्टलाई धेरै चिन्ताजनक मानेको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande