वाणिज्य र उद्योग मन्त्री फ्रान्सको दौड़ाहमा
वाणिज्य र उद्योग मन्त्री फ्रान्सको दौड़ाहमा


नयाँ दिल्ली, 01 जून (हि.स.)। वाणिज्य र उद्योग मन्त्री पीयूष गोयलले 01 जूनमा तीन दिवसीय आधिकारिक दौड़ाहको शुरूआत गरे। यो दौड़ाह फ्रान्स र इटलीको निम्ति 1 देखि 5 जूनसम्म जारी रहनेछ। फ्रान्समा गोयलले धेरै द्विपक्षीय बैठकहरू गर्नेछन्। यसमा अर्थव्यवस्था मन्त्री एरिक लोम्बार्ड र व्यापार मन्त्री लरेन्ट सेन्ट-मार्टिन सामेल छन्। यी बैठकहरूमा भारत-फ्रान्स आर्थिक भागीदारीलाई मजबुत बनाउनमाथि चर्चा गरिनेछ।

यस दौड़ाहमा प्रमुख फ्रान्सीसी कम्पनीहरू जस्तै विकाट, टोटल एनर्जी, लोरियल, रेनोल्ट, वैलेओ, ईडीएफ र एटीआरको साथ व्यापारिक बैठकहरू पनि सामेल छ। यस बाहेक इण्डिया-फ्रान्स बिजनेस राउण्ड टेबल र इण्डिया-फ्रान्स सीईओ फोरमको आयोजन गरिनेछ। गोयलले ओईसीडी मन्त्रिस्तरीय परिषदको बैठकमा डब्ल्यूटीओ मन्त्रीहरूको अनौपचारिक सभामा पनि भाग लिनेछन्।

यहाँ उनले वैश्विक व्यापार मुद्दाहरूमाथि आफ्ना समकक्षहरूको साथ विचार-विमर्श गर्नेछन्। यस यात्रामा गोयल विभिन्न अन्तरराष्ट्रिय साझेदारहरूको साथ उच्च स्तरीय द्विपक्षीय बैठकहरू पनि गर्नेछन्। यसमा यूके, सिंगापुर, सऊदी अरब, इजराइल, नाइजीरिया र ब्राजीलका मन्त्रीहरूको साथ संवाद सामेल छ। यसबाट भारत-यूरोपीय संघ मुक्त व्यापार समझौता (एफटीए) वार्ताहरूलाई पनि प्रोत्साहन मिल्नेछ। यात्रापछि उनी इटली जानेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande