कोलकाता, 10 जून (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले आफ्नो स्थापनाको सयौं वर्ष पूरा भएको अवसरमा हुन लागिरहेको सबैभन्दा ठूलो आयोजनमा बंगालको निम्ति विशेष व्यवस्था बनाएको छ। विजयादशमीमा हुने यो महत्वपूर्ण कार्यक्रम बंगालमा महालया (नवरात्रिको पूर्व सन्ध्या) को दिन हुनेछ। यसलाई बंगाली भावनाहरूलाई सम्मान दिने एक रणनीतिको रूपमा हेरिँदैछ।
आरएसएस सूत्रहरू अनुसार, विजयादशमीमा संघ प्रमुखको उद्बोधन देशभरिमा स्वयंसेवकहरूका लागि सबैभन्दा महत्वपूर्ण वार्षिक कार्यक्रम हुन्छ। यसमा सगंठनको वर्षभरिका गतिविधिहरूको समीक्षा र अगाड़ीको नीतिहरूको दिशा तय हुन्छ। यस वर्ष यो आयोजन अझ् अहम भएको छ किनेभने आरएसएसले यस वर्ष आफ्नो स्थापनाको सय वर्ष पूरा गरिरहेको छ।
यद्यपि, बंगालमा हरेक साल विजयादशमीमा यो आयोजन गर्नु सम्भव हुँदैन किनभने स्वयंसेवक दुर्गापूजा र विजयादशमीमा स्थानीय रूपमा व्यस्त रहन्छन्।
यसलाई ध्यानमा राखेर यस पाली बंगालको निम्ति एक वैकल्पिक दिन रोजिएको छ- महालया। संघले स्पष्ट गरेको छ, बंगालका स्वयंसेवकहरूले केवल भागवतको भाषण सुन्नु अनिवार्य हुनेछ तर त्यस दिन ठूलो स्तरको ऱ्याली वा अन्य आयोजनको आवश्यकता छैन।
दक्षिण बंगाल प्रान्तका प्रचार उप प्रमुख बिप्लव रायले भने, संघले संधैदेखि बंगालप्रति विशेष श्रद्धा भाव राखेको छ। संघका संस्थापक डा. हेडगेवार जब कोलकाता मेडिकल कलेजमा पढ़िरहेका थिए, तब उनले स्वतन्त्रता आन्दोलनमा भाग लिनु शुरू गरेका थिए। उनी अनुशीलन समितिसित जोड़िए र पुलिन बिहारी दासको अखाड़ामा लाठी चलाउनु सिके। राय अनुसार, त्यही लाठी आज संघरको प्रतीक बनेको छ र पूरा देशमा स्वयंसेवकहरूको हातमा देखिन्छ।
सूत्रहरूको भनाई छ, महालयाको दिन उत्तर बंगाल, मध्य बंगाल र दक्षिण बंगाल, तीनै प्रान्तहरूमा संयुक्त रूपमा शताब्दी समारोहको आयोजनको योजना छ। आरएसएससित जोड़िएका 52 अखिल भारतीय सहयोगी एकाईहरू र धेरै क्षेत्रीय संगठनहरूलाई एकै मंचमा ल्याउने तयारी चलिरहेको छ। यसमा बीएमएस, संस्कार भारती, शिक्षण मण्डल, सहकार भारती, शैक्षिक महासंघ र सीमान्त चेतना जस्ता संगठन सामेल हुनेछन्। यस बाहेक भाजपाका ती कार्यकर्ता जो स्वयंसेवक पनि हुन्, उनीहरूले पनि यी कार्यक्रमहरूमा भाग लिनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी