भारतीय वायु सेनाका ग्रुप क्याप्टन अन्तरिक्ष यात्रीको रूपमा इतिहास बनाउन तयार
वायु


नयाँ दिल्ली, 10 जून (हि.स.)। भारतीय वायु सेनाका ग्रुप क्याप्टन शुभांशु शुक्ला अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को दौड़ाह गर्ने प्रथम भारतीय अन्तरिक्ष यात्रीको रूपमा इतिहास बनाउन गइरहेका छन्। उनी भारतीय अन्तरिक्ष अनुसंधान संगठन (इसरो) को 11 जूनमा हुने एक्सिओम-4 मिशनको हिस्सा हुनेछन्।

ग्रुप क्याप्टन शुक्ला सोवियत रूसको सोयुज अन्तरिक्ष यानमा 1984 को एतिहासिक मिशनको 41 वर्षपछि अन्तरिक्षको यात्रा गर्ने दोस्रो भारतीय हुन्। वायु सेना प्रमुख एयर चीफ मार्शल एपी सिंहले उनलाई अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनको सुरक्षित र सफल यात्राको निम्ति शुभकामना दिएका छन्।

इसरोका अध्यक्ष डा. वी नारायणन अनुसार, एक्सिओम स्पेसको यो चौथो निजी अन्तरिक्ष यात्री मिशन नासाको साथ भारतको बढ्दो अन्तरिक्ष सहयोगमा महत्वपूर्ण माइलखुट्टी हो। इसरोको यो मिशन पहिले मंगलवार लाञ्च गरिनुथियो तर सोमवार घोषणा गरियो कि प्रतिकूल मौसमको कारण अब एक्सिओम-4 मिशनको प्रक्षेपण 11 जून साझँ 5.30 बजीको निम्ति पुनर्निर्धारित गरिएको छ।

एक्स-4 क्रूमा भारत, पोल्याण्ड र हंगरीका अन्तरिक्ष यात्री सामेल छन्। तीनै देशको निम्ति यो आईएसएसको निम्ति उनीहरूको पहिलो मिशन हो। एक्सिओम स्पेस अनुसार, एक्स-4 चार दशकमा भारतको निम्ति दोस्रो सरकारी प्रायोजित मानव अन्तरिक्ष उड़ान मिशन पनि हो।

यस मिशनमा सामेल गरिएका भारतीय वायु सेनाका ग्रुप क्याप्टन शुभांशु शुक्ला अन्तरिक्षको यात्रामा 41 वर्षपछि जाने दोस्रो भारतीय हुन्। यस अगाड़ी सोवियत रूसको सोयुज अन्तरिक्ष यानमा 1984 मा राकेश शर्मालाई पठाइएको थियो। उनको साथ यूरोपीय अन्तरिक्ष एजेन्सी (ईएसए) का प्रोजेक्ट अन्तरिक्ष यात्री स्लावोज उज़्नान्स्की 1978 पछि दोस्रो पोलिश अन्तरिक्ष यात्री बन्नेछन्, जबकि टिबोर कापू 1980 पछि हंगरीको दोस्रो राष्ट्रिय अन्तरिक्ष यात्री हुनेछन्। अनुभवी अन्तरिक्ष यात्री पैगी व्हिटसनले एक्स-4 मिशनको कमान सम्हाल्नेछिन्। उनको यो दोस्रो वाणिज्यिक मानव अन्तरिक्ष उड़ान हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande