दरंग (असम), 11 जून (हि.स.)। असमको मंगलदै क्षेत्रस्थित कुमारपारा गाउँमा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि भएपछि सन्त्राष फैलिएको छ। पशुपालन विभागले अहिलेसम्ममा 130 वटा संक्रमित सुँगुरहरूलाई मारेर दफन गरेको छ।
यो संक्रमण गाउँका पाँचजना सुँगुर पालकहरू क्रमैले दीपक शहरिया, जगत डेका, दुर्लभ डेका, भवेन डेका औ हृदयानन्द डेको फार्ममा फैलिएको छ। यी किसानहरूले सुँगुर पालन गरेर आत्मनिर्भर बन्ने सपना देखिरहेका थिए,तर अब यो रोग फैलिएकोले उनीहरूको थाप्लोमा आर्थिक बोझ थपिएको छ। मारिएका 40 वटा सुँगुरहरू गर्भवती थिए।
सबै सुँगुर पालकहरूले सरकारसित उपयुक्त क्षतिपूर्ति दिने अनि भविष्यमा यस्ता रोगहरूदेखि बच्नको लागि टिकाकारणको व्यवस्था सुनिश्चित गरिदिने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा