अन्ततः पुलिसको पञ्जामा पऱ्यो अरयान खान, आमा श्वेता बेपत्ता
अन्ततः पुलिसको पञ्जामा पऱ्यो अरयान खान, आमा श्वेता बेपत्ता


कोलकाता, 11 जून (हि.स.) । पर्न ऱ्याकेट संचालन गर्नको लागि सोदपुरकी एकजना युवतीलाई बन्धक बनाएर प्रताड़ित गरेको मामिलामा अन्ततः मुख्य आरोपी अरयान खानलाई पुलिसले पक्राउ गरेको छ। हावड़ा सिटी पुलिसले बुधवार कोलकाताको गल्फग्रीन क्षेत्रबाट उसलाई पक्राउ गरेको हो। पुलिसले आशा व्यक्त गरेको छ, जाँचबुझमा उसकी आमा श्वेता खान उपनाम फुलकुटीको पनि लोकेशन पत्तो लगाउन सकिन्छ जो अहिले भागेकी छे।

पुलिस सूत्र अनुसार पछिल्लो शनिवार यो मामिला प्रकाशमा आएको थियो जतिबेला सोदपुर निवासी एकजना युवतीले आरोप लगाई, उसलाई काम दिने बहानामा बन्धक बनाएर शारीरिक अनि मानसिक रूपमा प्रताड़ित गरियो। पीड़िताको बयानको आधारमा पुलिसले तुरून्त जाँच शुरू गर्दै श्वेता खान र उसको छोरा आरयानको खोजीमा लगातार खोजी अभियान गरिरहेको छ।

लगभग चार दिनको खोजीपछि पुलिसले आरयानलाई गल्फग्रीन क्षेत्रबाट पक्राउ गऱ्यो भने उसकी बहिनी जोयालाई पनि बारूईपुरबाट हिरासतमा लिइएको छ। तथापि मुख्य आरोपी श्वेता खान अहिले पनि भागेकी छे जसको खोजी जारी छ। श्वेताकी आमालाई पनि हिरासतमा लिइएको छ।

भनिन्छ, पीड़िता अरयान र श्वेताको चंगुलबाट भाग्न सफल भएकी थिई भने उसलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको थियो। हाल उसको उपचार सागर दत्त मेडिकल कलेजमा भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande