दक्षिण 24 परगना, 11 जून (हि.स.)। दक्षिण 24 परगना जिल्लाको नरेन्द्रपुर थाना अन्तर्गत गरिया स्टेशन संलग्न कोइलापट्टीमा अवस्थित एउटा चिया पसलमा कथित रूपमा नर्सलाई चियामा नशालु औषधि पिलाएर उसित दुष्कर्म गर्ने प्रयास गरियो। आरोपीलाई पक्राउ गरिएको छ। घटनास्थलबाट दुवैको मोबाइल फोन सहित केही सामानहरू जफ्त गरिएको छ।
नरेन्द्रपुर थाना सूत्र अनुसार गरिया स्टेशन संलग्न कोइलापट्टीमा सोमनात पण्डाको चिया पसल छ। पीड़ित नर्स राती लगभग 10 बजे उक्त पसलमा चिया पिउन गएकी थिई। पीड़िताले यो पनि बताई, उसलाई सोमनाथ पण्डाको सहयोगमा आफ्नो पतिलाई पैसा पठाउनुथ्यो। पति अन्य राज्यमा काम गर्छ। पीड़िताको दाबी अनुसार पसलमा बसेर बातचित गर्दा उसको चियामा केही मिसाइदियो जसलाई पिएपछि नर्स अचेत भई। होशमा आउँदा उसको शरीरमा कुनै कपड़ा थिएन। उसले कसो गरेर कपड़ा खोजेर लगाएपछि राती लगभग 2:30 बजे त्यहाँबाट भागी। त्यसपछि परिवारलाई घटना बारे बताई। आरोपीविरूद्ध नरेन्द्रपुर थानामा सिकायत दर्ता गरिएको छ।
सिकायत गरिएको तुरून्तैपछि पुलिसले आरोपीलाई समात्यो। आरोपीलाई बुधवार बरूईपुर महकुमा अस्पतालमा पेश गरियो। नरेन्द्रपुर थाना प्रभारीले बताए, पीड़िताको शारीरिक जाँच सहित अदालतमा उसको गोपनीय बयानको निम्ति आवेदन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा