भुटानी प्रतिनिधिमण्डलले कामाख्या धामको गऱ्यो पूजा-अर्चना
भुटानी प्रतिनिधिमण्डलले कामाख्या धामको गऱ्यो पूजा-अर्चना


गुवाहाटी, 11 जून (हि.स.)। असम दौड़ाहमा आएको भुटानको गेलेफु माइण्डफूलनेस सिटी प्रोजेक्ट (जीएमसी)-सित सम्बन्धित एघार सदस्यीय प्रतिनिधिमण्डलले बुधवार प्रसिद्ध माँ कामाख्या मन्दिरमा पूजा-अर्चना गऱ्यो।

भुटानी प्रतिनिधिमण्डलको यो भ्रमण भारत-भुटान सम्बन्धलाई अझ प्रगाढ़ बनाउने उदेश्यले भइरहेको छ। मन्दिरमा उनीहरूले माँसित शान्ति, समृद्धि तथा दुवै देशमाझ मधुर सम्बन्धको लागि प्रार्थना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande