आत्रेयी नदीबाट अज्ञात वृद्धको शव उद्धार
आत्रेयी नदीबाट अज्ञात वृद्धको शव उद्धार


दक्षिण दिनाजपुर, 11 जून (हि.स.)। जिल्लाको बालुरघाटमा आत्रेयी नदीबाट एकजना अज्ञात वृद्धको शव उद्धार गरिएको छ। यस घटनाको कारणले बुधवार बिहान बालुरघाट थानाको खिदिरपुर हालदारपाड़ा रेलवे ब्रिज संलग्न क्षेत्रमा सन्त्राष फैलिएको छ।

सूचना पाएर बालुरघाट थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर बालुरघाट जिल्ला अस्पतालमा पठाइदियो। मृतकको पहिचान अहिलेसम्म हुन सकेको छैन। साथै वृद्धको मृत्यु कसरी भयो भन्ने कुरा पनि अहिलेसम्म स्पष्ट हुन सकेको छैन। मृतकको पहिचान खुलाउनको साथै बालुरघाट थानाको पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

भनिन्छ, बिहान स्थानीय मानिसहरूले आत्रेयी नदीमा एकजना वृद्धको शवलाई देखे। त्यसपछि पुलिसलाई सूचना दिए। स्थानीय मानिसहरू तथा पुलिसले प्रारम्भिक अनुमान लगाएका छन्, वृद्धको मृत्यु पानीमा डुबेको कारणले भएको हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande