दिल्लीमा बम विस्फोटको फोन कलले कोकोहोलो मच्चियो
दिल्लीमा बम विस्फोटको फोन कलले कोकोहोलो मच्चियो


नयाँ दिल्ली, 11 जून (हि.स.)। दक्षिण-पश्चिम जिल्लाको वसन्त कुञ्ज क्षेत्रमा गए मंगलवार अबेर राती एक होटलमा बम विस्फोट भइरहेको फोन कलले खैलाबैला मच्चियो। करले बतायो, एकजना पाकिस्तानी महिलाले दिल्लीमा बम विस्फोट गराउने षड़न्त्र रचिरहेकी छे जसले दिल्लीमै एउटा पसल पनि संचालन गर्दै आइरहेकी छे। यो सूचना पाउनसाथ स्थानीय पुलिस अनि कन्ट्रोल रूम सक्रिय भयो।

पुलिस अनुसार यो पीसीआर कल गए अबेर राती 3:25 बजे वसन्त कुञ्ज नर्थ थाना क्षेत्र अन्तर्गत आयो। कल हेड कन्स्टेबल अमित कुमारद्वारा फरवर्ड गरियो जसमा बताइयो, कलर बेंगलुरूको हो जसले इन्द्र इन्टरनेशनल होटल, एयरपोर्ट नजिकै वसन्त कुञ्जको नाम उच्चारण गर्दै बम विस्फोट गराउने षड़यन्त्र गरिएको आशंका व्यक्त गऱ्यो।

मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै तत्काल पुलिस टीम घटनास्थलमा पुग्यो अनि होटलको गहन जाँच गऱ्यो, तर कुनै पनि संदिग्ध वस्तु वा गतिविधि भएको देखिएन। जाँचको क्रममा पुलिसले कलरसित सम्पर्क गर्ने प्रयास गऱ्यो। कलरले एकपटक फोन उठाएर यति मात्र भन्यो, उसले दिल्लीमाथि खतरा मड़ारिहेको सूचना दिनको लागि कल गरेको थियो। त्यसपछि उसले फोनै बन्द गरिदियो।

हाल यस घटनाको साँचो कुरा पुष्टि हुन सकेको छैन। यदि कलरले फोन चालु गरे पुलिसले फेरि जाँच शुरू गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande