हुगली, 11 जून (हि. स.)। थाना प्रभारीका आमा र बहिनीलाई गाली गरेर हालैमा फेरि चर्चा बटुलेका बीरभूम जिल्लाका तृणमूल कंग्रेसका नेता अणुव्रत मण्डल विरूद्ध श्रीरामपुर सांगठनिक जिल्ला भाजपाको पक्षबाट बुधवार श्रीरामपुर थानामा एक लिखित सिकायत दर्ता गरी उनलाई तुरून्त पक्राउ गर्ने माग गरियो।
प्राप्त जानकारी अनुसार भारतीय जनता युवा मोर्चाका प्रवक्ता हरि मिश्राको नेतृत्वमा श्रीरामपुर थाना बाहिर व्यापक नाराबाजी गरियो। त्यसपछि भारतीय जनता पार्टीका नेताहरूको प्रतिनिधिमण्डलले श्रीरामपुर थानामा पुगेर अणुव्रत मण्डल विरूद्ध सिकायत दर्ता गरायो।
हरि मिश्राले भने, यदि अणुव्रत मण्डल विरूद्ध पुलिसले कुनै कारबाही गरेन भने भाजपा श्रीरामपुरमा ठूलो आन्दोलन गर्नेछौं साथै सम्पूर्ण श्रीरामपुरलाई अचल बनाउनेछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा