भूमिहीन क्याम्पमा अवैध झोपड़ीहरूलाई ध्वस्त बनाउने कार्य शुरू, आआपको विरोध
भूमिहीन क्याम्पमा अवैध झोपड़ीहरूलाई ध्वस्त बनाउने कार्य शुरू, आआपको विरोध


नयाँ दिल्ली, 11 जून (हि.स.)। दिल्ली विकास प्राधिकरण (डीडीए)-ले बुधवार कालकाजी नजिकै अवस्थित भूमिहीन क्याम्प क्षेत्रमा अतिक्रमण विरोधी अभियान संचालन गरी अवैध झोपड़ीहरूलाई ध्वस्त बनाउने कार्य शुरू गऱ्यो। डीडीएले यो कारबाही दिल्ली उच्च अदालतको आदेशपछि शुरू गरेको हो।

क्षेत्रमा सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। आम आदमी पार्टी (आआप)-की नेता औ पूर्व मुख्यमन्त्री आतिशीले डीडीएको उक्त कारबाहीको विरोध गरिन्।

आतिशीले यहाँ पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन्, मुख्यमन्त्री रेखा गुप्ताले तीन दिनअघि भनेकी थिइन् कि दिल्लीमा एउटा झोपड़ीलाई पनि छोइनेछैन। तर यहाँ भूमिहीन क्याम्पमा बिहान 5 बजेदेखि बुलडोजर चलिरहेको छ। हजारौंं गरीब मानिसहरू सड़कमा पुगेका छन्। भाजपा दिल्लीबाट पूर्वाञ्चलीहरूलाई लखेट्न चाहन्छ।उनले भनिन्, भाजपा सरकारमा आएको सय दिनभन्दा अधिक भएको छ, तर उसको हरेक कदम अनि फसेला गरीब विरोधी रहेको छ। बिजुलीको मूल्य बढ़ाइएको छ, निजी स्कूलहरूको फिस बढ़ाइदिएको छ।

आतिशीले भनिन्, भूमिहीन क्याम्पका मानिसहरू यहाँ 20-40 वर्षदेखिकै बसोबास गर्दै आइरहेका छन्। चुनाउको बेलामा झोपड़ीको स्थानमा पक्का घर बनाइदिने वाचा गर्छ, तर चुनाउ जितेपछि बुलडोजर चलाउँछ। उनले भनिन्, बेघर भएका मानिसहरूको निम्ति आआपको टीमले खाने-सुत्ने व्यवस्था गरिरहेको छ। अदालतमा पनि हामी यिनीहरूको हकमा लड़िरहनेछौं अनि यिनीहरूलाई घर दिलाएरै छाड़्नेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande