रथयात्राः स्नान यात्रापूर्व द्रव्यदान- ममता ब्यनर्जीले पठाइन् आफ्नो बगैचाको आँप र कटहर
रथयात्राः स्नान यात्रापूर्व द्रव्यदान- ममता ब्यनर्जीले पठाइन् आफ्नो बगैचाको आँप र कटहर


कोलकाता, 11 जून (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बुधवार एक विशेष पहल गर्दै दिघाको जगन्नाथ मन्दिरमा आयोजना भइरहेको स्नान यात्राको अवसरमा आफ्नो बगैचामा फलेको आँप र कटहर पठाएकी छन्। यी फलहरूबाट भगवान जगन्नाथलाई भोग अर्पण गरिनेछ।

इस्कनका वरिष्ठ पदाधिकारी राधारमण दासले जानकारी गराए, मुख्यमन्त्रीद्वारा पठाइएको आँप र कटहर भगवानलाई अर्पण गरिएको 56 प्रकारका भोगमा सामेल गरियो।

यस सालको आयोजन यस अर्थमा पनि विशेष छ, किनभने अक्षय तृतीयको दिन उद्घाटन भएपछि यो पहिलो अवसर हो जतिबेला दिघाको नवनिर्मित जगन्नाथ मन्दिरमा रथ यात्राको आयोजन भइरहेको छ।

स्नान यात्राको लागि मन्दिरमा विशेष मण्डपलाई सजाइएको छ। बुधवार 11 बजे निर्धारित समयमा भगवान जगन्नाथ, बलराम र सुभद्राको विधिवत स्थान यात्रा गराइयो। साँझ भगवान जगन्नाथले 'गजवेश'-को रूप धारण गरेर भक्तहरूलाई दर्शन दिनेछन्, त्यसपछि उनी 'अन्तःपुर'- मा प्रवेश गर्नेछन्।

परम्परा अनुसार स्नान यात्रापछि भगवानलाई 'ज्वरो' आउँछ अनि उनी लगभग 15 दिनको लागि सार्वजनिक दर्शनदेखि टाड़ा बस्छन्। मन्दिरको कपाट अब आगामी 26 जूनमा खोलिनेछ जतिबेला भगवान रथमा सवार भएर आफ्नी छ्यामाको घरतिर जनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande