हुगली, 11 जून (हि.स.)। चन्दननगर पुलिस कमिश्नरेट अन्तर्गत डानकुनी थानाको पुलिसले साइबर धोकाधड़ीसित सम्बन्धित एक मामिलामा चारजना युवकहरूलाई पक्राउ गरेको छ। गए मंगलवार राति चन्दननगर पुलिस कमिश्नरेटका डीसीपी (श्रीरामपुर) अर्णव विश्वासले बताए, गत 9 जूनमा डानकुनी थाना अधिनस्थ उत्तर सुभाषपल्ली क्षेत्रका निवासी प्रितम दासले सिकायत दर्ता गराए, सूरज सिंह नामक व्यक्तिले प्रितमको ब्यांक खाता उपयोग यसो भनेर गरिरहेको छ कि सूरजको ब्यांक खातालाई ब्यांक अधिकारीहरूले ब्लक गरिदिएका छन्।
सूरजले प्रितमसित आफ्नो ब्यांक खातामा केही पैसा मागेर उसलाई सुम्पिने अनुरोध गरे। पछि प्रितमलाई थाहा लाग्यो कि सूरज र उसका अन्य सहयोगीहरूले क्रमशः दिनांक 03.05.25, 14.05.25, 15.05.25-मा उसको ब्यांक खातामा प्रचुर मात्रामा धनराशि जमा गराएका थिए। आरोपीहरूले कम्प्यूटर अनि मोबाइल फोनको माध्यमबाट साइबर धोकाधड़ीसित सम्बन्धित केही मामिलाहरूको माध्यमबाट पैसा प्राप्त गरिरहेका थिए साथै साइबर धोकाधड़ीको गतिविधिलाई परिणाम दिनको लागि सूरजको ब्यांकको खाताको दुरूपयोग गरिरहेका थिए।
सिकायतपछि पुलिसले सूरज सिंह, सौरभ शर्मा, किशोर सोनकर र सागर शर्मा नामक चारजना आरोपीहरूलाई पक्राउ गरेको छ। डीसीपीले बताए, साइबर धोकाधड़ीको बारेमा पत्तो लगाउन अनि यसमा सामेल अन्य मानिसहरूलाई पक्राउ गर्नको लागि आरोपीहरूलाई छह दिनको लागि पुलिस रिमाण्डमा लिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा