शमशेरगञ्जमा एक करोड़भन्दा अधिकको हेरोइन जफ्त, असम र बंगालका दुई तस्कर पक्राउ
शमशेरगञ्जमा एक करोड़भन्दा अधिकको हेरोइन जफ्त, असम र बंगालका दुई तस्कर पक्राउ


मुर्शिदाबाद, 11 जून (हि. स.)। पश्चिम बंगाल स्पेशल टास्क फोर्स (एसटीएफ)-ले एक गुप्त सूचनाको आधारमा गए मंगलवार साँझ शमशेरगञ्ज थाना क्षेत्रको साहेब नगर क्षेत्रमा अवस्थित एक दुई तले भवनमा छापा मारेर प्रचुर मात्रामा मादक पदार्थ जफ्त गऱ्यो। जफ्त गरिएको उक्त हेरोइनको मूल्य अन्तर्राष्ट्रिय अवैध बजारमा एक करोड़ रुपियाँभन्दा अधिक रहेको अनुमान लगाइएको छ। यस मामिलामा असम अनि बंंगलाका दुईजना तस्करहरूलाई पक्राउ गरिएको छ।

बुधवार अपराह्न एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसुले उक्त आशयको जानकारी दिए। उनले बताए, पक्रा पर्ने आरोपीहरूको पहिचान 53 वर्षीय जलाल उद्दीन बारभूइया (सिलचर, असम) औ 31 वर्षीय दिल रहमान उपनाम राहुल (सूतिपाड़ा, मुर्शिदाबाद)-को रूपमा भएको छ। पुलिस अनुसार यी आरोपी सिलचरदेखि साहेबनगरको जुन घरमा पुगेका थिए त्यो घर दिल रहमानको ससुराली पक्षको हो। यसै घरमा छापा मारेर एसटीएफको टीमले 1.5 किलोग्राम हेरोइन जफ्त गऱ्यो।

एसटीएफका एसपी औ आईपीएस अधिकारी इन्द्रजीत बसुले बुधवार अपरान्ह यस अपरेशन बारे जानकारी साझा गर्दै बताए, गुप्त सूचनाको आधारमा गरिएको यस कारबाहीमा मादक पदार्थ तस्करीको अन्तर्राज्यी नेटवर्कको खुलासा गरेको छ। दुवै आरोपी जफ्त गरिएको हेरोइन सहित भर्खरै सिलचरदेखि फर्किएका थिए, तर सामान डिलीभरी गर्न अगावै पक्रा परे।

यस मामलामेा शमशेरगञ्ज थानामा एनडीपीएस एक्टका सम्बन्धित धाराहरू अन्तर्गत एक मामिला दर्ता गरिएको छ। एसटीएफको टीम अब यस नेटवर्कसित सम्बन्धित अन्य मानिसहरू तथा लिंकको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande