घरभित्र संचालित देह व्यापारको भण्डाफोर
घरभित्र संचालित देह व्यापारको भण्डाफोर


दक्षिण दिनाजपुर, 11 जून (हि. स.)। घरभित्रै चलिरहेको देह व्यापारको भण्डाफोर गर्दै स्थानीय मानिसहरूले महिला सहित एक जना युवकलाई आपत्तिजनक स्थितिमा समाते। घटना बालुरघाट प्रखण्डको डांगा ग्राम पञ्चायत अधिनस्थ हाजिपुरमा भएको हो।

वास्तवमा गए मंगलवार अबेर राति स्थानीय मानिसहरूले घरमा युवकहरू आउ-जाउ गरिरहेको देखे। शंका लागेर स्थानीय मानिसहरू उक्त घरमा पुगे जहाँ महिलासित एक जना युवकलाई आपत्तिजनक स्थितिमा समाते। दुवैलाई समातेर पुलिसलाई सूचित गरियो। त्यसपछि बालुरघाट थानाको पुलिसले घटनास्थलमा पुगेर दुवैलाई थानामा लग्यो। स्थानीयहरूको आरोप छ, आरोपी महिलालाई टोलबाटै लखेट्नुपर्छ। उसले गर्दा उनीहरूको टोलको परिवेश दुर्गन्धित भइरहेको छ। अर्कोतिर बालुरघाट थानाको पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande