पत्नी र छोरीको हत्या गरेपछि व्यक्तिद्वारा आत्महत्या गर्ने प्रयास
पत्नी र छोरीको हत्या गरेपछि व्यक्तिद्वारा आत्महत्या गर्ने प्रयास


हुगली, 11 जून (हि.स.)। हुगली जिल्लाको उत्तरपाड़ा थानान्तर्गत हिन्दमोटर भद्रकाली क्षेत्रस्थित एक आवासबाट बुधवार बिहान एकजना महिला र छोरीको शव उद्धार गरियो भने गम्भीर अवस्थामा एकजना व्यक्तिलाई उत्तरपाड़ा स्टेट जनरल अस्पतालमा भर्ती गराइयो। पुलिस सूत्र अनुसार मृतकहरूको नाम अद्रिजा च्यटर्जी (4) र पायल च्यटर्जी (35) रहेको छ। घाइते व्यक्तिको नाम काशीनाथ च्यटर्जी हो। तीनैजनालाई आज हिन्दमोटर भद्रकाली क्षेत्रस्थित एउटा घरबाट रगताम्मे अवस्थामा निकालियो। पायलका पति काशीनाथ च्यटर्जीलाई घाइते अवस्थामा उत्तरपाड़ा स्टेट जनरल अस्पतालमा भर्ती गरिएको छ।

स्थानीय सूत्र अनुसार एक फ्याक्ट्रीमा कार्यरत 40 वर्षीय काशीनाथको लगभग दश वर्षपूर्व पायलसित भएको थियो। यी दम्पतिका दुईजना छोरीहरू छन्। परिवारले बतायो, उनीहरूले आज बिहान तीनैजनालाई कोठाभित्र रगतपच्छे भएको देखे। सूचना पाएर उत्तरपाड़ा थानाको पुलिस घटनास्थलमा पुग्यो।

पुलिसको प्रारम्भिक अनुमानमा काशीनाथले आफ्नी चार वर्षीय छोरी र पत्नीको धारिलो हतिारले हत्या गरेपछि आफूले आत्महत्या गर्ने प्रयास गरे। काशीनाथकी सात वर्षीय जेठी छोरी अर्को कोठामा हजुरआमासित सुतेकी थिई। त्यसैले जेठी छोरीको ज्यान बच्यो। चन्दननगर कमिश्नरेट पुलिसले यस कुराको जाँच गरिरहेको छ कि के यो घटना पारिवारिक कलहको कारणले भएको हो! पायलकी आमाले भनिन्, मेरी जेठी नातिनी मसितै सुत्छे। प्रत्येक बिहान 7:30 बजे मेरो ज्वाईँले मलाई फोन गर्छन्। आज बिहान पनि 7:30 बजेपछि ज्वाईँले फोन गरे। म उठेर उनीहरूको कोठामा पुग्दा त्यहाँ तीनैजनालाई लड़िरहेको देखें। उनले भनिन्, ढोका धप्काएको मात्र थियो। ठेल्दै खोलियो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande