गुवाहाटी, 11 जून (हि.स.)। पुलिसले सोशल मीडियामा धार्मिक भावनालाई आघात पुऱ्याउने किसिमको पोस्ट गरेको आरोपमा थप दुई जना मानिसहरूलाई पक्राउ गरेको छ। यस पक्राउबाट यस मामिलामा अहिलेसम्म पक्रा पर्ने आरोपीहरूको संख्या 92 पुगेको छ। यस आशयको जानकारी मुख्यमन्त्री डा. हिमन्त बिस्व शर्माले दिएका हुन्।
मुख्यमन्त्रीले एक्समा पोस्ट गरी बताए, ‘‘हिन्दू विरोधी तत्वहरूलाई पक्राउ गरियो। कारबाही जारी छ। उनले अझ् भने, सोशल मीडियामा साम्प्रदायिक रूपमा संवेदनशील पोस्ट गरेको आरोपमा लखिमपुर पुलिसले सबिकुल इस्लाम र नगाउँ पुलिसले भगवान कृष्ण अनि रूक्मिणीमाथि अपमानजनक टिप्पणी गरेको आरोपमा दुलाल बोरालाई पक्राउ गरेको छ। यस प्रकारको मामिलामा अहिलेसम्ममा 92 जना मानिसहरूलाई पक्राउ गरिसकिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा