कक्षा संचालन अवधि स्कूलको छत झरेर दुई विद्यार्थी घाइते
कक्षा संचालन अवधि स्कूलको छत झरेर दुई विद्यार्थी घाइते


दक्षिण 24 परगना, 11 जून (हि. स.)। कक्षासंचालन भइरहेको बेला स्कूल भवनको एक भाग भत्किएर दुईजना विद्यार्थीहरू गम्भीर रूपमा घाइते भए। घटनापछि क्षेत्रमा खैलाबैला शुरू भयो।

प्राप्त जानकारीअनुसारबुधवार अपरान्ह दक्षिण 24 परगनाकोमगराहाट (1) ब्लकमाशेरपुर रामचन्द्रपुर हाई स्कूलकोगर्ल्स टोइलेटनजिक स्कूल भवनको छत भत्किएर आठौं कक्षाका दुईजना छात्राहरूमाथि झऱ्यो जसमा दुईजना छात्राहरू गम्भीर रूपमा घाइते भए। स्कूलका शिक्षकहरू घटनास्थलमा पुगे अनि दुवै छात्राहरूलाई डायमण्ड हार्बर जिल्ला अस्पतालमा पुऱ्याए।

एकजना घाइते छात्राले बताइन्, म र मेरी सहपाठी शौचालय गइरहेका थियौं अचानक छत भत्किएर हाम्रो टाउकोमा झऱ्यो। स्कूल अधिकारीहरूले भने, यो दुर्घटना अचानक भएको हो। घटनाको कारणले स्कूललाई हाल बन्द गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande